Techie IT
आईतबार, वैशाख ७,२०८२

१६ वर्षीय बालकलाई छुरा प्रहार गरी हत्या गरेको आरोपमा पक्राउ


सुनसरी । सुनसरीको रामधुनी नगरपालिका–६ सुवानाका १६ वर्षीय बालकलाई छुरा प्रहार गरी हत्या गरेको आरोपमा स्थानीय १७ वर्षीय एक बालकलाई प्रहरीले पक्राउ गरेको छ ।

आज बिहान सवा ७ बजेको समयमा घरैमा सुतिरहेका चन्द्र सदाको १६ वर्षीय छोरा विवेक सदालाई १७ वर्षीय बालकले सुतिरहेकै स्थानमा गई पेटमा छुरा प्रहार गरी  घाइते बनाएको भन्ने खबर प्राप्त भएसँगै ईलाका प्रहरी कार्यालय पकलीबाट प्रहरी टोली खटी गई घाइतेलाई उपचारको लागी बि.पी.कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएकोमा उपचारको क्रममा बिहान ८ बजे मृत्यु भएको थियो ।

घटनामा संलग्न रहेका बालकलाई घटनामा प्रयोग भएको छुरा सहित पक्राउ गरी थप अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय पकलीले जनाएको छ ।


क्याटेगोरी : अपराध/सुरक्षा, समाचार
ट्याग : #hot, #छुरा प्रहार गरी हत्या, #पक्राउ


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
16°
Mist
5:32 am6:32 pm +0545