Techie IT
आईतबार, वैशाख ७,२०८२

चितवन प्रहरीको नागरिक सुनुवाइ कार्यक्रम सम्पन्न


चितवन । चितवन प्रहरीले (सोमबार) नागरिक सुनुवाइ कार्यक्रम सम्पन्न गरेको छ । प्रहरीप्रति नागरिकका गुनासा, प्रहरीले खेल्नुपर्ने भूमिका, स्थानीय समस्या पहिचान र समाधान, प्रहरीप्रति नागरिकको विश्वास बढाउन कार्यक्रम आयोजना गरिएको हो ।

सामुदायिक प्रहरी साझेदारी अभियान अन्तर्गत जिल्ला प्रहरी कार्यालय चितवन र ईलाका प्रहरी कार्यालय गितानगरको आयोजनामा आज सोमबार भरतपुर महानगरपालिका वडा नंम्बर २३ जगतपुर स्थित होटल कोजीमा नागरीक सुनुवाई कार्यक्रम सम्पन्न गरिएको चितवनका प्रहरी प्रमुख नवराज अधिकारीले जानकारी दिए ।

कार्यक्रममा सहभागीहरुले अत्याधिक तीब्र गतिमा सवारी चलाउँदा दुर्घटना बढ्ने गरेको, नदीजन्य पदार्थको अवैध उत्खनन् नियन्त्रण गर्नुपर्ने, सामाजिक अपराध न्यूनीकरण, निकुञ्ज क्षेत्रबाट जंगली जनावरले गर्ने आक्रमणबाट हुने क्षेती न्युनीकरण, सचेतनामूलक विद्यालय सम्पर्क कार्यक्रम , प्रहरी ईकाईको स्थापना, विद्यालय लगायत सबै क्षेत्रमा हुने लागू औषध नियन्त्रण तथा यौनजन्य हिंसा न्यूनीकरण गर्ने लगायत बिषय सन्दर्भमा उठाएका थिए ।

नागरिकबाट उठेका प्रश्नको सम्बोधन गर्नु हुँदै जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख नवराज अधिकारीले नागरीकहरु पनि बिना बर्दीको प्रहरी भएकोले अपराध नियन्त्रणको लागी प्रहरीलाई समयमै सूचना दिएर सहयोग गर्न सकियो भने मात्रै केही हदसम्म अपराध न्यूनीकरणमा टेवा पुग्ने बताए ।

प्रहरीसँग हातेमालो गरी कानून कार्यन्वयनमा सचेत रहनुपर्ने बताउँदै अधिकारीले प्रहरीको एक्लो प्रयासले केही गर्न नसक्ने बताएका थिए ।


क्याटेगोरी : अपराध/सुरक्षा, ब्रेकिंग न्युज, विशेष, देश परदेश, समाचार, स्थानीय


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
19°
Fair
5:31 am6:33 pm +0545