Techie IT
आईतबार, वैशाख ७,२०८२

श्रीमतीको हत्या आरोपमा एक जना पुरुष पक्राउ


काठमाडौँ । पाँचथरमा श्रीमतीको हत्या आरोपमा एक जना पुरुष पक्राउ परेका छन् ।

प्रहरीले ३५ वर्षीया निला राईलाई कुटपिट गरी हत्या गरेको आरोपमा फिदिम नगरपालिका–१४ बुर्दुम बस्ने ४० वर्षीय राज कुमार राईलाई शुक्रबार राति पक्राउ गरेको हो ।

उनले घरायसी वादविवादको क्रममा असार १७ गते कुटपिट गर्दा गम्भीर घाइते भएकी निलाको विर्तासिटी अस्पताल बिर्तामोडमा उपचारको क्रममा शुक्रबार मृत्यु भएको थियो ।

खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी चौकी तमाखे रानिटारबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको थियो ।

घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


क्याटेगोरी : अपराध/सुरक्षा, समाचार
ट्याग : #पक्राउ, #हत्या


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
16°
Mist
5:32 am6:32 pm +0545