Techie IT
शनिबार, वैशाख ६,२०८२

देशभर आज थप १ सय २ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि


काठमाडौँ । देशभर आज थप १ सय २ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

आरटी पीसीआर र एन्टीजेन गरी देशभर दुई हजार ६१५ नमुनाको परीक्षण गर्दा थप १ सय २ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

त्यसैगरी, आज थप ३१ जना कोरोना भाइरसको सङ्क्रमणबाट मुक्त भएका छन् ।  योसँगै कोरोना संक्रमण मुक्त हुनेको सङ्ख्या ९ लाख ६७ हजार ६५६ रहेको छ भने कोरोना निको हुनेको दर ९८.७ प्रतिशत रहेको मन्त्रालयले जनाएको ।

त्यस्तै, देशभर आज ६ सय ५ जना कोरोनाका सक्रिय सङ्क्रमित रहेका छन् भने कोरोना सङ्क्रमणका कारण आज कसैको मृत्यु नभएको मन्त्रालयले जनाएको छ ।

त्यसैगरी, आज ४३ हजार ५३४ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् ।


क्याटेगोरी : समाचार, स्वास्थ्य
ट्याग : #कोरोना भाइरस


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
19°
Partly Cloudy
5:33 am6:31 pm +0545