नगरपालिका र प्रहरीको संयुक्त आयोजनामा “जनचेतनामूलक पाठ्यसामाग्री २०७९” समझदारी पत्रमा हस्ताक्षर

चितवन । समुदाय – प्रहरी साझेदारी अवधारणा अन्तर्गत जिल्ला प्रहरी कार्यालय चितवन र रत्ननगर नगरपालिकाको संयुक्त आयोजनामा (शनिबार) “जनचेतनामूलक पाठ्यसामाग्री २०७९” हस्तान्तरण कार्यक्रम सम्पन्न गरेको छ ।
रत्ननगर नगरपालिकाका नगर प्रमुखको रोहवरमा समाजमा भए गरेका विभिन्न गतिविधिहरु यौनजन्य हिंसा, आत्महत्या न्युनीकरण, साईबर अपराध, सडक दुर्घटना र यस्ले निम्त्याउने असर, प्रहरी सेवा, लागूऔषधको दुरुपयोग, सामाजिक विकृतिहरुलाई न्युनीकरण गर्न तयार पारिएको जनचेतनामूलक पाठ्यसामग्री सामुदायिक तथा निजी विद्यालयका प्रधानाध्यापक, क्याम्पसका प्रमुख र प्रहरीबीच त्रीपक्षीय समझदारी पत्रमा हस्ताक्षर गरिएको जनचेतनामूलक पाठ्यसामग्री हस्तान्तरण कार्यक्रम सम्पन्न गरिएको चितवनका प्रहरी प्रमुख नवराज अधिकारीले जानकारी दिए ।
विद्यालय सम्पर्क कार्यक्रमका अलवा स्थानीय स्तरमा पाठ्यक्रममा नै समाविष्ट हुने गरी पाठ्यक्रम निर्धारण गर्न सरोकारवालालाई घचघचाउँदै आएको अवस्थामा चितवन प्रहरीको विशेष पहलमा ३०० थान पाठ्यसामग्री हस्तान्तरण कार्यक्रम सम्पन्न गरिएको उनले बताए ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रमुख नवराज अधिकारीको अध्यक्षतामा रत्ननगर नगरपालिकाका नगर प्रमुख प्रल्हाद सापकोटाको प्रमुख आतित्थता रहेको सो, कार्यक्रममा रत्ननगर नगरपालिकाका उपप्रमुख, रत्ननगर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत, जिल्लाका सुरक्षा निकायका प्रमुखहरु, रत्ननगर नगरपालिकाका शाखा प्रमुख तथा पदाधिकारीहरू, सोही नगरपालिकाका सम्पुर्ण वडाका वडा-अध्यक्षहरू, सदस्यहरू, कार्यपालिका सदस्यहरू, चितवन जिल्लाका सम्पूर्ण सामुदायिक सेवा केन्द्रका अध्यक्ष तथा प्रतिनिधिहरू, रत्ननगर नगरपालिका अन्तर्गतका सरकारी, सामुदायिक तथा निजी विद्यालय र क्याम्पसका प्रधानाध्यापक, सह-प्रधानाध्यापकहरू र क्याम्पस प्रमुखहरू, महिला अधिकारकर्मीहरू, समाजसेवीहरू, पत्रकार तथा संचारकर्मीहरूको समेत उपस्थित रहेको थियो ।
सो अवसरमा जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रमुख नवराज अधिकारीले नेपाल प्रहरीले विभिन्न समयमा अवलम्वन गरेका विभिन्न नीति तथा अवधारणाहरुले प्रहरी र नागरिकबीचको सम्बन्धलाई प्रगाढ बनाउँदै लगेको बताउँदै जनचेतनामूलक पाठ्यसामग्रीले अझै ठूलो भूमिका निर्वाह गर्ने उनको भनाई छ ।
पाठ्यसामग्रीमा रहेका बिषयवस्तुहरुको बिषयमा आवश्यकताका बारेमा जानकारी गराएका उनलेे समाजमा शान्ति सुरक्षा तथा अमनचयन गर्ने कार्य प्रहरी एक्लैको प्रयासले मात्र सम्भव हुन नसक्ने बताउँदै यसका लागि आमनागरिकको सहयोग अपरिहार्य हुने बताए ।
हेर्नुहोस् : समझदारी पत्र
क्याटेगोरी : अपराध/सुरक्षा, फोटो फिचर, ब्रेकिंग न्युज, विशेष, देश परदेश, समाचार, स्थानीय
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्