जापानका पूर्व प्रधानमन्त्री आबेको निधनप्रति प्रधानमन्त्री देउवा र एमाले अध्यक्ष ओलीद्वारा समवेदना प्रकट

काठमाडौँ । जापानका पूर्व प्रधानमन्त्री सिन्जो आबेको निधनप्रति प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दलका नेता तथा पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गहिरो समवेदना प्रकट गर्नुभएको छ ।
प्रधानमन्त्री देउवाले एक ट्विट मार्फत आबे विश्वको एक प्रसिद्ध नेता मात्र नभएर नेपालका एक असल मित्र पनि हुनुहुन्थ्यो भनी उहाँलाई सम्झनुभएको छ । यस दुखद घडीमा जापानी जनता र शोकसम्तप्त परिवारप्रति प्रधानमन्त्री देउवाले समवेदना प्रकट गर्नुभएको छ ।
यसैगरी, पूर्व प्रधानमन्त्री केपी ओलीले पनि ट्विट गर्नुहुँदै आबेको हत्याको घटनाको भर्त्सना गर्नुभएको छ । आफ्नो कार्यकालमा आबेले नेपाल जापान सम्बन्धलाई थप उचाइमा पुर्याउन खेल्नुभएको महत्त्वपूर्ण भूमिकाको सम्झना पनि पूर्व प्रधानमन्त्री ओलीले गर्नुभएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #केपी शर्मा ओली, #शेरबहादुर देउवा, #सिन्जो आबे
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्