संखुवासभामा मलामी बोकेको ट्याक्टर दुर्घटना हुँदा दुईको मृत्यु

जिल्लाको खाँदबारी लेगुवा सडकखण्डस्थित चैनपुर–१० दुम्कटामा ट्याक्टर दुर्घटना हुँदा दुईको मृत्यु भएको छ भने ३१ जना घाइते भएका छन् । शुक्रबार दिउँसो को २ त ३९६१ नम्बरको मलामी लिएर पिलुवा खोला गएको ट्याक्टर दुर्घटनामा परेको हो ।
मृत्यु हुनेहरुको सनाखत हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । दुर्घटनामा परि घाइते भएकाहरुको तुम्लिङटारस्थित मनकामना अस्पताल तुम्लिङटार र जिल्ला अस्पतालमा उपचारको लागि पठाइएको छ ।
ट्याक्टरमा ४४ जना भन्दा बढी सवार रहेको बताइएको छ । घटनाको थप विवरण आउन बाँकी छ ।
क्याटेगोरी : समाचार
ट्याग : #ट्याक्टर दुर्घटना
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्