Techie IT
शनिबार, वैशाख ६,२०८२

सिन्धुलीमा एक लाख ८८ हजार रुपैयाँसहित सातजना जुवाडे पक्राउ


काठमाडौँ। सिन्धुलीमा एक लाख ८८ हजार रुपैयाँसहित सातजना जुवाडे पक्राउ परेका छन् । कमलामाई नगरपालिका–६ धुराबजारस्थित सुवर्ण होटल एन्ड लजमा जुवातास खेलिरहेको अवस्थामा होटल सञ्चालक घ्याङ्लेख गाउँपालिका–४ का ५६ वर्षीय चतुर्मान लो सहित उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरी नगद १ लाख ८८ हजार ५ सय रुपैयाँ र २२ बुक तास बरामद गरेको छ ।


क्याटेगोरी : अपराध/सुरक्षा, समाचार
ट्याग : #जुवाडे पक्राउ


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
18°
Partly Cloudy
5:33 am6:31 pm +0545