Techie IT
आईतबार, वैशाख ७,२०८२

बाढीले कैलाशेस्वर आधारभूत विद्यालयमा क्षति


अछाम । वर्षायाम शुरु भएसँगै विभिन्न प्राकृतिक घटनाहरू हुन थालेका छन् । वर्षाले बाढी  पहिरो, भूक्षय लगायतका प्रकोपहरू देखा पर्न थालेका छन् ।

यसैबीच बिहीबार रातीको वर्षा सँगैको बाढीले अछामको रामारोशन गाउँपालिका वडा नम्बर ५ को श्री कैलाशेस्वर आधारभूत विद्यालयमा क्षति पुगेको छ ।

गएरातीको वर्षपछि आएको बाढीले विद्यालयको घेरापर्खाल भत्काएको छ भने पहिरोले विद्यालय जोखिममा परेको छ । नजिकैको खोलामा आएको बाढीले विद्यालय छेउको पर्खाल भत्काएको छ भने भवन समेत जोखिममा परेको स्थानीय शेर बहादुर बुढाले बताउनु भयो ।

अब थप बाढी आए विद्यालयको भवन समेत पहिरोले भत्काउने जोखिम बढेको छ । बल्देबगर खोलाको किनारमा रहेको विद्यालय बर्षेनि जोखिममा रहँदै आएको स्थानीय गङ्गा बुढाको भनाई छ ।

वर्षामा रामारोशनको कैलाशखोला क्षेत्र जोखिममा रहँदै आएको छ । २०७६ सालको भदौ २ गते राति कैलाशखोलमा आएको बाढीले कैलाशखोलामा १७ जना बेपत्ता पारेको थियो भने जनधनको ठुलो क्षति समेत गरेको थियो । रासस


क्याटेगोरी : समाचार
ट्याग : #अछाम


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
16°
Mist
5:32 am6:32 pm +0545