Techie IT
शनिबार, वैशाख ६,२०८२

राष्ट्रपतिद्वारा २ विधेयक प्रमाणीकरण


काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्को दुवै सदनको बैठकबाट पारित भएका २ वटा विधेयक प्रमाणीकरण गर्नु भएको छ ।

राष्ट्रपति भण्डारीसमक्ष प्रमाणीकरणका लागि पेश हुन आएका बिरुवा संरक्षण ऐन, २०६४ लाई संशोधन गर्न बनेको विधेयक र बीउ बिजन ऐन, २०४५ लाई संशोधन गर्न बनेको विधेयकलाई नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम प्रमाणीकरण गर्नुभएको राष्ट्रपति कार्यालयले जनाएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #राष्ट्रपति, #विद्यादेवी भण्डारी


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
17°
Fair
5:32 am6:32 pm +0545