प्रतिनिधिसभामा मुस्लिम आयोगको वार्षिक प्रतिवेदन पेस

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट गृहमन्त्री बालकृष्ण खाणले मुस्लिम आयोगको आर्थिक वर्ष २०७७/२०७८ वार्षिक प्रतिवेदन पेश गर्नुभयो ।
प्रतिनिधिसभाको बैठकले सामाजिक सुरक्षा (पहिलो संशोधन) विधेयक, २०७९ लाई पारित गरेको छ ।
बैठकमा गृहमन्त्री बालकृष्ण खाणले सामाजिक सुरक्षा (पहिलो संशोधन) विधेयक, २०७९ लाई पारित गरियोस् भनी प्रस्तुत गर्नुभएको प्रस्तावलाई बैठकले सर्वसम्मतिले पारित गरेको हो ।
यसअघि, प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै सांसदहरुले देशका बिभिन्न समसामयिक विषयहरुमा सरकारको ध्यानाकृष्ट गराउनुभएको छ ।
बैठकमा सांसदहरुले जलवायू परिवर्तन न्युनिकरण तथा अनुकुलनका कार्यक्रमहरुलाई प्रभावकारी बनाउनु पर्ने, बाढि पहिरो प्रभावितहरुको उद्धार तथा राहातको व्यवस्था, कृषकलाई मल उपलव्ध गराउनु पर्ने, वर्षाको समयमा निर्माणाधिन बुटवल नारायणगढ सडकखण्ड, बुटवल पाल्पा सडकखण्डमा यात्रूहरुले निकै सास्ती भोग्नु परेकोमा सरकारको ध्यानाकृष्ट गराउनुभयो ।
सांसदहरुले निर्माण सम्पन्न गरिसक्ने समय आइसक्दा पनि नारायणगढ बुटवल सडक खण्डको निर्माण कार्य १९ प्रतिशत मात्र सम्पन्न भएकोमा यो गतिले निर्माण हुदाँ जनताले निकै दुख पाउने हुँदा यस कामलाई तिव्रता दिन सरकारको ध्यानाकृष्ट गराउनुभयो ।
अहिले प्रतिनिधिसभाको बैठक जारी छ ।
क्याटेगोरी : समाचार
ट्याग : #प्रतिनिधिसभा
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्