Techie IT
आईतबार, वैशाख ७,२०८२

उपत्यकाको सुरक्षा व्यवस्था प्रदेश प्रहरीको समन्वयमा केन्द्र मातहतमा रहने


काठमाडौँ । काठमाडौँ उपत्यकाको सुरक्षा व्यवस्था प्रदेश प्रहरीको समन्वयमा केन्द्र मातहतमा रहने भएको छ ।

प्रतिनिधिसभा राज्य व्यवस्था तथा सुशासन समितिको नेपाल प्रहरी र प्रदेश प्रहरी कार्य सञ्चालन सुपरिवेक्षण र समन्वय ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक माथि आज सिंहदरबारमा बसेको बैठकले संशोधन सहित पास गरेको हो ।

बैठकमा गृहमन्त्री बालकृष्ण खाणले राजधानीको संवेदनशीलता र सुरक्षालाई ध्यान दिएर यस्तो विधेयक ल्याइएको धारणा राख्नुभयो ।

उहाँले यस्तो प्रकृतिको सुरक्षा व्यवस्था अपनाउँदा केन्द्र र प्रदेश प्रहरीबीच एक आपसमा थप जिम्मेवारी बोध गराउने पनि बताउनुभयो ।


क्याटेगोरी : अपराध/सुरक्षा, समाचार
ट्याग : #hot, #काठमाडौँ उपत्यका, #काठमाडौँ उपत्यकाको सुरक्षा व्यवस्था


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
16°
Mist
5:32 am6:32 pm +0545