त्रिशक्ति मावि मतदान स्थलमा झडप,प्रहरीद्वारा हवाई फायर

बाजुरा । बाजुराको बुढीगंगा नगरपालिका स्थित त्रिशक्ति मावि मतदान स्थलमा झडप भएको छ। झडप भएपछि मतदान प्रक्रिया केही समयका लागि स्थगित गरिएको जिल्ला निर्वाचन कार्यालय बाजुराले जनाएको छ । फर्जी मत खसाएको विषयलाई लिएर दलका कार्यकर्ताहरुबीच विवाद भएपछि दोहोरो झडप भएको हो ।
झडपमा एकीकृत समाजवादी बाट वडाध्यक्षका उम्मेदवार भरतबहादुर थापा र स्थानीय मतदाता सीता थापाको टाउकोमा चोट लागेको प्रहरीले जनाएको छ । झडपलाई साम्य पार्न प्रहरीले हवाई फायर र अश्रुग्याँस प्रहार गरेको प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाले बताउनु भयो । अहिले मतदान स्थल सुरक्षाकर्मीको नियन्त्रणमै रहेको उहाँले बताउनु भयो ।
मतदान पुनः सुरु गर्न प्रयास भइरहेको उनको भनाइ छ ।मतदान स्थलमा नेपाली सेना, सशस्त्र प्रहरी, जनपथ प्रहरी र राष्ट्रिय अनुसन्धानसहितका गरी एक सयभन्दा बढीको सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरिएको भए पनि झडपलाई नियन्त्रणमा लिन उहाँहरूको भूमिका प्रभावकारी नभएको भन्दै स्थानीय मतदाताले गुनासो गरेका छन् । तर आफूहरूले समयमै झडप नियन्त्रणमा लिएको र केही समय पछि पुनः मतदान सुरु हुने प्रहरी नायब उपरीक्षक थापाले बताउनु भयो।
यसअघि वैशाख ३० गतेको मतदानका क्रममा सुरक्षा व्यवस्था फितलो भएकाले निष्पक्ष र स्वतन्त्र मतदान हुन नसकेपछि निर्वाचन आयोगले पुनः मतदानको निर्णय गरेको थियो ।निर्वाचन कार्यालय बाजुराले दिउँसो १२ः००बजे गराएको जानकारी अनुसार बुढिगंगाको सबै मतदान स्थलमा ४८.९२प्रतिशत मत खसिसकेको छ।
बुढीगंगाको प्रमुख एमालेबाट रामबहादुर बानिया उम्मेदवार छन् भने काङ्ग्रेसबाट रंगबहादुर खाती प्रमुख पदका उम्मेदवार छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #बुढीगंगा नगरपालिका, #हवाई फायर
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्