Techie IT
शनिबार, वैशाख ६,२०८२

चितवनबाट अजिरकोट भच्चेकतर्फ गइरहेको यात्रुबहाक बस दुर्घटना, २० घाइते


चितवनबाट गोरखाको अजिरकोट गाउँपालिकाको भच्चेकतर्फ गइरहेको यात्रुबहाक बस छोप्राकको राम्चे चौतारा नजिकै दुर्घटनामा परेको छ।

आज दिउँसो यात्रुबहाक बस दुर्घटनामा परेको हो।

दुर्घटनामा परेर २० जना यात्रु घाइते भएका छन्। ना ५ ख ५३०५ नम्बरको नारायणी यातायातको बस सडकमा पल्टेको थियो।

गोरखा प्रहरीका अनुसार घाइतेमध्ये सात जनालाई उपचारका लागि चितवन लगिएको छ। बाँकी घाइतेको छेपेटारस्थित पृथ्वी सामुदायिक अस्पतालमा उपचार भइरहेको छ।

बस दुर्घटनामा परेर सामान्य घाइते भएका यात्रु पवन पोखरेलले घुम्तीबाट बस पछाडि हटेर सडकमा पल्टिएको बताए। उकालो र घुम्ती रहेको सडकबाट बस करिब ३० मिटर तल हटेको थियो।

बस ब्रेक फेल भएर दुर्घटनामा परेको अनुमान छ।


क्याटेगोरी : समाचार
ट्याग : #अजिरकोट गाउँपालिका, #दुर्घटना


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
19°
Partly Cloudy
5:33 am6:31 pm +0545