श्रम मन्त्री कुँवर र युएइका राजदुत साइद अल नक्विबीच भेटवार्ता

काठमाडौँ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवर र नेपालका लागि संयुक्त अरब इमिरेटस (युएई) का राजदूत साइद अल नक्विबीच भेटवार्ता भएको छ ।
राजदूत नक्वि मन्त्री कुँवरलाई भेट्न आज मन्त्रालय पुग्नुभएको थियो ।
उहाँहरुबीच नेपाल र युएईबीचको सम्बन्ध अझै मुजबुद् बनाउने विषयमा छलफल भएको छ । युएईमा काम गर्ने नेपाली श्रमिकका समस्यालाई सहजीकरण गर्ने विषयमा पनि उहाँहरू बीच छलफल भएको छ ।
मन्त्री कुँवरले राजदूत नक्विलाई युएईबाट कामदारको विषयमा कुनै नयाँ प्रस्ताव आएमा दुई देशबीच आपसमा समन्वय गरेर अगाडी बढ्ने जानकारी गराउनुभएको थियो । साथै उहाँले संयुक्त अरब इमिरेटसका ठुला लगानीकर्ताहरूलाई नेपालको पर्यटन उद्योग, हाइड्रोपावर, चिकित्सा शिक्षा, इन्जिनियरिङ र सेवा क्षेत्रमा लगानी गर्न आव्हान समेत गर्नुभएको छ ।
उहाँले केही समयपछि युएईका मन्त्रीलाई नेपाल भ्रमणमा आउनका लागि निमन्त्रणा पठाउने जानकारी समेत गराउनुभयो । युएईका मन्त्रीलाई नेपाल भ्रमणमा बोलाएर त्यहाँ रहेका नेपाली कामदारका समस्या र न्यायको क्षेत्रमा विस्तृत रुपमा छलफल गर्ने योजना भएको मन्त्री कुँवरले बताउनुभयो ।
युएईका राजदूत नक्विनले आफूलाई समय दिएर भेटवार्ता गर्ने अवसर दिएकोमा मन्त्रीलाई धन्यवाद दिनुभएको छ ।
क्याटेगोरी : अन्तर्राष्ट्रिय, समाचार
ट्याग : #शेरबहादुर कुँवर, #श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री, #साइद अल नक्वि
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्