Techie IT
आईतबार, वैशाख ७,२०८२

निर्वाचन आयोगले सरकारलाई प्रतिनिधि सभा र प्रदेशको चुनावको मिति सिफारिस गर्दै


काठमाडौँ, २२ असार । निर्वाचन आयोगले सरकारलाई प्रतिनिधि सभा र प्रदेशको चुनावको मिति सिफारिस गर्दैछ ।

वुधबार आयोगका पदाधिकारीले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर निर्वाचनको मिति सिफारिस गर्न लागेका हुन् ।

आयोगले आगामी मंसिर २ वा ५ गतेमध्ये एक दिन प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचन गर्न सरकारलाई सिफारिस गर्ने आयोगको तयारी रहेको छ ।

मन्त्रिपरिषद बैठकले १२० दिन समय राखेर मिति घोषणा गर्नेछ ।

त्यस्तै, संघ र प्रदेशको निर्वाचन एकै चरणमा गर्न पनि आयोगले सिफारिस गर्ने तयारी गरेको छ ।

यसअघि २०७४ मंसिरमा दुई चरणमा दुवै तहको निर्वाचन सँगसँगै भएको थियो ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #निर्वाचन आयोग


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
16°
Mist
5:32 am6:32 pm +0545