खेलकाे माध्यमबाट नेपाललाई विश्वमै चिनाऔँ : राष्ट्रपति भण्डारी

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले खेलकुद क्षेत्रको विकासबाट नेपालको नाम विश्वमै उजागर गर्न सकिने भएकाले खेलकुद क्षेत्रमा सबैको अभिरुचि बढाउँदै यसको विकासमा जोड दिनुपर्ने बताउनुभएको छ ।
अन्तर्राष्ट्रिय ब्याडमिन्टन दिवसको अवसरमा नेपाल ब्याडमिन्टन सङ्घले आज राष्ट्रपति कार्यालयमा आयोजना गरेको कार्यक्रममा राष्ट्रपति भण्डारीले विद्यालय क्षेत्रमा समेत ब्याडमिन्टनप्रति रुचि बढ्दै गएकोमा खुसी व्यक्त गर्नुहुँदै ब्याडमिन्टन खेलको विकासमा सम्वद्ध पक्षसँग आफू पनि सहजीकरण गर्न तयार रहेको बताउनुभयो ।
राष्ट्रपति भण्डारीले नेपालमा फरक फरक हावापानी रहेका क्षेत्र भएकाले खेल पर्यटनको विकास गरेर पनि नेपालले फाइदा लिन सक्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा नेपाल ब्याडमिन्टन संघका अध्यक्ष रामजीबहादुर श्रेष्ठले खेलकुदको क्षेत्रमा राष्ट्र प्रमुखको चासोबाट आफूहरूलाई यस क्षेत्रको विकासमा लाग्न हौसला प्रदान भएको बताउनुभयो ।
तस्वीरः सुनिल बज्राचार्य, राष्ट्रपतिको कार्यालय
क्याटेगोरी : समाचार
ट्याग : #hot, #विद्यादेवी भण्डारी
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्