Techie IT
शनिबार, वैशाख ६,२०८२

उपत्यकाको सुरक्षा व्यवस्था केन्द्र कै मातहतमा राख्न गृह मन्त्रालयलाई सुझाव


काठमाडौँ । प्रतिनिधिसभा राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा उपत्यकाको सुरक्षा व्यवस्था प्रदेश सरकारको मातहतमा नराखी केन्द्र कै मातहतमा राख्न सांसदहरुले गृह मन्त्रालयलाई सुझाव दिनुभएको छ ।

नेपाल प्रहरी र प्रदेश प्रहरी कार्य सञ्चालन सुपरिवेक्षण र समन्वय ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयकमाथि छलफल गर्न आज सिंहदरबारमा बसेको बैठकमा अधिकांश सांसदहरुले काठमाडौँ उपत्यकाको सुरक्षा प्रदेश मातहतमा राख्दा प्रभावकारी नहुने धारण राख्नुभयो ।

बैठकमा केही सांसदहरुले मुलुक सङ्घीयतामा गइसकेकोले उपत्यकाको सुरक्षा  पनि प्रदेशलाई नै दिँदा उपयुक्त हुने धारणा राख्नुभएको थियो ।


क्याटेगोरी : अपराध/सुरक्षा, समाचार
ट्याग : #गृह मन्त्रालय


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
17°
Fair
5:32 am6:32 pm +0545