रामेछाप बस दुर्घटना : १३ जनाको मृत्यु, ७ जनाको सनाखत

काठमाडौँ । रामेछापको लुभु भीरमा आज बिहान भएको बस दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या १३ पुगेको छ ।
रामेछापको सुनापती गाउँपालिकाबाट काठमाडौँ आउँदै गरेको यात्रुवाहक बस लुभु भीरमा दुर्घटना भएको थियो ।
दुर्घटनामा ९ जनाको घटनास्थलमै मृत्यु भएको छ भने अन्य ४ जनाको उपचारको क्रममा धुलिखेल अस्पतालमा मृत्यु भएको सुनापती गाउँपालिकाका प्रमुख ठुलो कान्छा तामाङले जानकारी दिनुभयो ।
मृतक मध्ये अहिलेसम्म ७ जनाको सनाखत भइसकेको छ ।
सनाखत हुनेमा सुनापती–५, रुपाकोटका ठूला तामाङ, सोही स्थानका सपना तामाङ, सुनापती खनिया पानीका सन्जु आले, सुनापती–५, कटुञ्जेका खड्क बहादुर विक, सुनापती–४ ल्हाटा का समरीता तामाङ रहेका छन् ।
त्यस्तै, भक्तपुर सूर्यविनायकका कमला तामाङ, पाँचखाल ढाटखोलाका कान्छी माया मानन्धर रहेका गाउँपालिका प्रमुख तामाङले जानकारी दिनुभयो ।
घाइतेहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #बस दुर्घटना
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्