Techie IT
आईतबार, वैशाख ७,२०८२

सिन्धुपाल्चोकको सुकुटे घुम्न गएकी एक युवती बलात्कारको शिकार


सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको सुकुटे घुम्न गएकी एक युवती बलात्कारको शिकार भएकी छन् ।

प्रहरीले बलात्कार आरोपमा तीन जनालाई पक्राउ गरेको छ ।

चौतारा साँगाचोकगढी नगरपालिका–९ स्थित सुकुटेबीच एड्भेन्चर क्याम्प रिसोर्टको टेण्टमा सुतिरहेकी २६ वर्षीया युवती असार १८ गते बिहान ३ बजेको समयमा बलात्कृत भएकी हुन् ।

प्रहरीले काठमाडौं कलंकी बस्ने १८ वर्षीय प्रिन्स थपलिया, १८ वर्षकै रुस कार्की र २६ वर्षीय सुलभ क्षेत्रीलाई पक्राउ गरेको छ ।

रिसोर्टमा पाहुनाको रुपमा आएका क्षेत्रीले ती युवतीलाई बलात्कार गरेको तथा कार्की र थपलियाले मतियारको रुपमा सघाएको अभियोग छ ।

बलात्कारपछि फरार भएका उनीहरूलाई असार १९ गते राति साढे ९ बजे काठमाडौँको कलंकीबाट पक्राउ गरिएको सिन्धुपाल्चोक प्रहरीले जनाएको छ ।

सिन्धुपाल्चोक जिल्ला अदालतबाट असार २० गते ७ दिनको म्याद लिएर उनीहरुमाथि अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।


क्याटेगोरी : अपराध/सुरक्षा, समाचार
ट्याग : #बलात्कार


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
21°
Fair
5:32 am6:32 pm +0545