Techie IT
आईतबार, वैशाख ७,२०८२

काठमाडौँका अधिकांश पानीको स्रोतमा हैजाको जीवाणु


काठमाडौँ । काठमाडौँ उपत्यकामा हैजा संक्रमण महामारीको रुपमा फैलन सक्ने चिन्ता बढेको छ ।

हालसम्म उपत्यकामा हैजा संक्रमण पुष्टि हुनेको संख्या १९ पुगेको छ ।

सोमबार कागेश्वरी मनोहरा नगरपालिका–६ मा बस्ने ४ र ६ बर्षका बालकमा हैजा पुष्टि भएसँगै संक्रमतिको संख्या १९ पुगेको हो ।

हालसम्म १४ जना पुरुष र ५ जना महिलामा हैजा देखिएको हो ।

१४ वर्ष मुनिका तीन बालबालिकामा हैजा भेटिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडीसीडी)ले जनाएको छ ।

इडीसीडीका अनुसार कागेश्वरी मनोहरामा तीन जना, बागबजार र कालीमाटीमा दुई–दुई जना हैजाका बिरामी भेटिएका छन् ।

त्यसैगरी, सानेपा, डिल्लीबजार, कपन, बालाजु (बोहोराटार), बल्खु, थानकोट, नैकाप, कोटेश्वर, कंलकी (खसीबजार), कीर्तिपुर, टेकु, कागेश्वरी मनहरा र ग्वार्कोमा एक–एक जनामा हैजा संक्रमण देखिएको छ ।

काठमाडौँ उपत्यकाका धारा र इनारको पानी, ट्याङ्करबाट वितरण गरिने र जारको पानीमा समेत इकोलाई र कोलिफर्म देखिएको छ ।

इकोलाई मानिसको दिसामा हुने जीवाणु जसलाई झाडापखालाको एउटा प्रमुख कारक मानिन्छ ।

त्यस्तै, ललितपुरका विभिन्न स्थानका पानीको स्रोतमा पनि जीवाणु भएको पुष्टि भइसकेको छ ।

हाल पाटन अस्पतालमा मात्रै झाडावान्ताका दैनिक २५ भन्दा बढी बिरामी आइरहेका बताइएको छ ।

चिकित्सकहरुका अनुसार लामो समयसम्म काठमाडौँमा फोहोर नउठाइएका कारण संक्रमण तीव्र बन्दै गएको हो ।

काठमाडौँका अधिकांश क्षेत्रका पानीका स्रोतहरु शुद्ध नभएका विज्ञहरुको भनाइ छ ।

चिकित्सकहरुले पानी उमालेर प्रयोग गर्न सुझाव दिइरहेका छन् ।


क्याटेगोरी : समाचार, स्वास्थ्य
ट्याग : #hot, #हैजा संक्रमण


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
27°
Fair
5:32 am6:32 pm +0545