Techie IT
शनिबार, वैशाख ६,२०८२

अदातलको फैसला भन्दा चार महिना अघि नै नेकपा फुटिसकेको थियो : अध्यक्ष ओली


काठमाडौ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रचण्ड माधवले २०७७ कातिक २७ गते नेकपा फुटाएको बताउनुभएको छ । त्यसको करिब चार महिनापछि फागुन २३ गते सर्वोच्च अदातले त्यसलाई औपचारिकता मात्र प्रदान गरेको अध्यक्ष ओलीको भनाइ छ ।

पार्टीको प्रचार तथा प्रकाशन विभागका सदस्यहरुसँग भएको अन्तरक्रियामा अध्यक्ष ओलीले नेपालमा कम्यूनिष्ट आन्दोलनलाई सखाप पार्ने र दक्षिणपन्थीहरुलाई सहयोग गर्ने शर्तमा उनीहरुले नेकपा फुटाएको अध्यक्ष ओलीको भनाइ छ ।

‘२०७७ कात्तिक २७ गते नेकपाको सचिवालय बैठक बालुवाटारमा बसेको थियो’ तत्कालिन प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओलीले भन्नुभयो ‘प्रचण्डले ज्ञापन पत्रको शैलीमा एउटा कागज मलाई बुझाउनु भयो । रेन्डम्ली त्यसलाई पल्टाएर हेर्दा नेकपा सग्लो हुने देखिन ।’
विभागका सदस्यहरुसँग अध्यक्ष ओलीले उक्त दिनको स्मरण गर्दै भन्नुभयो ‘मैले उहाँहरुलाई भने यस कागजले त नेकपा फुटिसकेको जनाउदिएको छ । यसमा तपाईंहरले हस्ताक्षर गरेर ल्याउनु भएको छ । पार्टी सग्लो राख्ने र कम्यूनिष्ट आन्दोनल बचाउने हो भने यो कागज फिर्ता लैजानुहोस ।’

पार्टीका अध्यक्ष र प्रधानमन्त्री ओलीलाई प्रचण्ड,माधव नेपाल,झलनाथ खनाल,नारयणकाजी लगायतका सचिवालयका नेताहरुले १९ बुँदे फौजदारी शैलीका आरोप लगाएर सचिवालयमा पत्र बुझाएका थिए ।

‘पार्टीको निर्वाचित अध्यक्ष,संसदबाट चुनिएको प्रधानमन्त्रीलाई जबरजस्ती हटाउन उनीहरु कतैबाट परिचालित थिए । कातिक २७ गते त्यसको कास्टिङ नेकपाको सचिवालय बैठकबाट गरेका हुन् ।’

अध्यक्ष ओलीले त्यसको सुरुवात धेरै पहिले भइसकेको बताउनुभयो । ‘त्यो ज्ञापन पत्र नेकपा फुटाउने सुरुवात विन्दु थिएन । यसको सुरुवात धेरै पहिला भइसकेको थियो’ अध्यक्ष ओलीले भन्नुभयो ‘त्यसको डिजाइन के थियो भन्ने कुरा पछि सर्वोच्चको परमादेशबाट स्पष्ट भयो ।’


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #ओली


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
19°
Partly Cloudy
5:33 am6:31 pm +0545