चलचित्र क्षेत्रको विकास र विस्तारका लागि सरकार प्रतिबद्ध छ : सञ्चारमन्त्री

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले चलचित्र क्षेत्रको विकास र विस्तारका लागि सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।
राष्ट्रिय चलचित्र विकास बोर्डको २२ औँ वार्षिकोत्सवका अवसरमा आज काठमाडौँमा आयोजित कार्यक्रममा मन्त्री कार्कीले मुलुक कोभिड मुक्त हुँदै गएकाले चलचित्र क्षेत्रमा देखिएका चुनौतीलाई अवसरमा बदल्न चलचित्र विकास बोर्डलाई समयानुकूल अगाडी बढाउन सरकार तयार रहेको बताउनुभयो ।
मन्त्री कार्कीले सामाजिक जागरणलाई प्रज्वलित गर्ने कलाकार/सर्जकहरू राष्ट्रका गहना मात्र नभई राष्ट्रका गौरव भएको भन्नुहुँदै कलाकारले दिएको योगदानलाई समाजमा विशिष्ट रूप दिन सबै हातेमालो गरेर अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।
मन्त्री कार्कीले आफु सधैँ कलाकारको पक्षमा रहेको भन्नुहुँदै कलाकार समाजको प्रेरणाको स्रोत भएकाले राज्यले विशेष सम्मान दिनुपर्ने धारणा राख्नुभयो ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #ज्ञानेन्द्रबहादुर कार्की, #सञ्चारमन्त्री
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्