पहिरोका कारण सडक अवरुद्ध

काठमाडौँ । सिन्धुली, दार्चुला, मोरङ, बागलुङ, प्युठान, धादिङ, दाङ, तनहुँ, नवलपरासी(पूर्व), धनकुटा, उदयपुर र सोलुखुम्बुका विभिन्न स्थानमा पहिरो जाँदा सडक अवरोध भएको छ ।
सिन्धुली, गोलन्जोर गाउँपालिका–५ सोलाभन्ज्याङस्थित बिपि राजमार्गमा बुधबार
बिहान पहिरो जाँदा सडक पूर्णरुपमा अवरोध भएको छ ।
यस्तै गोलन्जोर गाउँपालिका–६ अकरे भिरस्थित सडकमा बुधबार बिहान ढुङ्गा माटो सहितको पहिरो जाँदा सडक अवरोध भएको छ ।
दुवै स्थानमा नजिकको प्रहरी कार्यालयबाट खटिएको प्रहरीले सडक खुलाउने पहल गरिरहेको छ ।
दार्चुला, शैल्यशिखर नगरपालका–९ नक्तडीमा गोकुलेश्वर दार्चुला सडकमा बुधबार
बिहान पहिरो जाँदा सडक अवरोध भएको छ । पहिरो ईलाका प्रहरी कार्यालय गोकुलेश्वरबाट खटिएको प्रहरीले सडक खुलाउन आवश्यक पहल गरिरहेको छ ।
मोरङ, लेटाङ नगरपालिका–३ फायर लाईनस्थित लेटाङ कानेपोखरी सडकमा
मंगलबार दिउँसो रुख लडेर सडक अवरोध भएको छ ।
सडक अवरोध भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय लेटाङबाट खटिएको प्रहरीले स्थानीय र जनप्रतिनिधिको सहयोगमा सडक खुलाउन आवश्यक पहल गरिरहेको छ ।
बागलुङ, गल्कोट नगरपालिका–७ आगाखेतस्थित सडकमा मंगलबार राति पहिरो
जाँदा सडक पूर्णरुपमा अवरोध भएको छ ।
सडक अवरोध भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी हटियाबाट सडक खुलाउन आवश्यक पहल गरिरहेको छ ।
प्युठान, सरुमारानी गाउँपालिका–४ अँधेरी खोला,पाँकुरी खोलामा मंगलबार राति लेदो सहितको पहिरो जाँदा प्यूठान भालुवाङ सडक खण्ड अवरोध भएको छ ।
साथै माण्डबी गाउँपालिका–५ चेरनेटामा बुधबार बिहान लेदो सहितको पहिरो जाँदा सडक अवरोध भएको छ ।
सडक अवरोध भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी बड्डाडाँडा र अस्थाई प्रहरी पोष्ट चकचकेबाट खटिएको प्रहरीले सडक खुलाउने आवश्यक पहल गरिरहेको छ ।
धादिङ, गल्छी गाउँपालिका–६ महेश दोभानस्थित पृथ्वी राजमार्गमा बुधबार बिहान
लेदो सहित पहिरो जाँदा सडक अवरोध भएको छ ।
सडक अवरोध भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी बैरेनीबाट खटिएको प्रहरीले आवश्यक समन्वयमा एकतर्फी सूचारु गराएको छ ।
दाङ, घोराही उपमहानगरपालिका–१३ बगाले भन्ने स्थानमा रहेको भेरे खोलामा मंगलबार राति भेल आई रोल्पा होलेरीदेखि घोराहीतर्फ आउँदै गरेका ३ वटा सवारी साधन फसी घोराही रोल्पा होलेरी सडक पूर्णरूपमा अवरोध भएको छ ।
खबर प्राप्त हुनासाथ अस्थाई प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरीले २ वटा सवारी साधन निकालिनुका साथै १ वटा डबल क्याप जिप निकाल्ने पहल भइरहेको छ ।
तनहुँ, आँबुखैरेनी गाउँपालिका–२ ऐनापहरास्थित पृथ्वी राजमार्गमा बुधबार बिहान
ढुंगा माटो सहितको लेदो पहिरो जाँदा सडक पूर्णरुपमा अवरोध भएको छ ।
पहिरोको खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय आबुखैरेनीबाट खटिएको प्रहरीले सडक खुलाउन आवश्यक पहल गरिरहेको छ ।
नवलपरासी(पूर्व), विनयीत्रिवेणी गाउँपालिका–१ स्थित खहरे खोला, मध्यबिन्दु नगरपालिका–१० स्थित ठुलो खहरे र सानो खहरे खोलामा पुल निर्माणको लागि बनाईएको तीन वटा ड्राईभर्सन अबिरल बर्षाको कारण बुधबार बिहान बगाउँदा पूर्वपश्विम राजमार्ग अवरोध भएको छ ।
अवरोध भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय नयाँ बेलहनीबाट खटिएको प्रहरीले सडक खुलाउन आवश्यक पहल गरिरहेको छ ।
धनकुटा, धनकुटा नगरपालिका–९ सिम्सुवास्थित मुलघाटदेखि त्रिवेणी जाने सडकमा बुधबार बिहान पहिरो जाँदा सडक अवरोध भएको छ ।
सडक अवरोध भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी मुलघाटबाट खटिएको प्रहरीले सडक खुलाउन आवश्यक पहल गरिरहेको छ ।
उदयपुर, कटारी नगरपालिका–१४ वनडाँडास्थित सिद्दिचरण राजमार्गमा बुधबार
बिहान पहिरो जाँदा सडक अवरोध भएको छ ।
सडक अवरोध भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी घुर्मीबाट खटिएको प्रहरीले सडक खुलाउन आवश्यक पहल गरिरहेको छ ।
यसैगरी चौदण्डिगढी नगरपालिका–१० खैराझोडा र सोही नगरपालिका–९ ज्यामिरे खोलामा आएको बाढीको कारण सडक अबरोध भएको छ । उक्त स्थानमा तत्काल ईलाका प्रहरी कार्यालय बेल्टारबाट प्रहरी खटिएको छ ।
सोलुखुम्बु, माहाकुलुङ गाउँपालिका–१ लोचनस्थित बुङबाट सोताङतर्फ आउने सडकमा मंगलबार साँझ पहिरो जाँदा सडक अबरोध भएको छ ।
सडक अवरोध भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी बुङबाट खटिएको प्रहरीले सडक खुलाउन आवश्यक पहल गरिरहेको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #पहिरो, #सडक अवरोध
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्