आज कहाँ–कहाँ हुँदैछ भारी वर्षा ?

काठमाडौं, १५ असार । गएरातिदेखि भइरहेको वर्षा अझै रोकिएको छैन, वर्षाको यो क्रम भोलि दिउँसोसम्म जारी रहने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
केही ठाउँमा आज पानी पर्न रोकिए पनि केहीबेर पछि फेरि पर्ने छ । भोलि दिउँसोपछि भने मौसममा केही सुधार आउने बताइएको छ । जस अनुसार आज पनि मुलुकभर वर्षा हुने भएको छ ।
दिउँसो प्रदेश १, मधेश, बागमती, गण्डकी र लुम्बिनीका केही स्थानमा भारी वर्षा र थोरै स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना छ ।
सुदूरपश्चिमका थोरै स्थानमा भारी वर्षा र कर्णालीका एक/दुई स्थानमा पनि भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
राति देशका धेरै स्थानमा वर्षाको सम्भावना रहेको छ ।
बिहीबार प्रदेश १, बाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका एक/दुई स्थानहरुमा भारी वर्षाको समेत संभावना रहेको छ । शुक्रबार देशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
वर्षाका कारण पहाडी भूभागमा भूक्षय तथा पहिरोको जोखिम बढ्नाका साथै तराइका नदी नालामा वहाब बढ्न सक्ने र त्यसबाट हुने जोखिमबाट बच्न महाशाखाले सचेत गराएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #भारी वर्षा
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्