अविरल वर्षाले बुटवलको ज्योति नगरमा पुनः लेदोसहितको पहिरो

रुपन्देही । मङ्गलवार बिहानदेखि परेको अविरल वर्षाले बुटवलको ज्योति नगरमा पुनः लेदोसहितको पहिरो झरेको छ । चुरेबाट बगेर आएको लेदोका कारण त्यहाँका आधाभन्दा बढी घरमा लेदो पानी पसेको छ भने चुरेबाट ठूला ढुङ्गा बगाएर ज्योति नगरसम्म ल्याएको छ ।
गत वर्ष घर नै छाडेर हिँड्न बाध्य भएका लक्ष्मीनगर, ज्योतिनगर, मिलनपथका स्थानीयहरूमा फेरि चुरेबाट लेदो बग्न सुरु गरेपछि त्रास बढेको छ ।
अघिल्लो वर्ष गएको चुरे पहिरो नियन्त्रणका लागि सुस्त गतिमा काम हुँदा अहिले पनि चुरेले त्रास बढाएको स्थानीयको भनाइ छ । कमजोर तारबार लगाउँदा सामान्य पानी आउँदा पनि ज्योति नगरमा लेदो सहितको पहिरो आएको स्थानीय वसुन्धरा बस्याल तिवारीले बताउनुभयो ।
भूगर्भविद् डा. रञ्जनकुमार दाहालले चुरे पहिरो सामान्य ढङ्गले व्यवस्थित नहुने जान्दाजान्दै पनि तत्कालीन अवस्थालाई मात्र ध्यानमा राखेर काम चलाऊ नियन्त्रणका प्रयास गर्दा अब ज्योतिनगर, लक्ष्मी नगरमा वर्षेनी पहिरो जानसक्ने बताउनुभयो ।
बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेयले पहिरो नियन्त्रणका लागि राष्ट्रपति चुरे, सिँचाइ र स्थानीय तहबाट सक्दो पहल भइरहेको बताउनुभयो । उहाँले दिगो व्यवस्थापनका लागि सङ्घ र प्रदेश सरकारमार्फत बजेटको व्यवस्था गर्न पहल भइरहेको बताउनुभयो ।
सो क्षेत्रमा गत वर्ष पनि पहिरोले १२ घरमा पूर्ण क्षति पुराएको थियो भने दर्जनौँ घर विस्थापित भएका थिए ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #बुटवल
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्