Techie IT
मंगलबार, वैशाख ९,२०८२

लागूऔषधसहित दुई जना पक्राउ


जनकपुरधाम । सर्लाहीबाट लागूऔषधसहित दुई जना पक्राउ परेका छन् । लालबन्दी नगरपालिका १ भित्री सडक खण्डको गोरु बजारबाट मोटरसाइकलमा सबार दुई जनालाई लागूऔषध गाँजासहित पक्राउ गरिएको छ ।

ना ३७ प ४८९५ नम्बरको मोटरसाइकलमा सबार स्थानीय २० बर्षीय जितेन्द्र कुमार महतो र पछाडि सबार २४ बर्षीय रबीन कुमार महतोलाई गाँजासहित पक्राउ गरिएको छ । दुबैको साथबाट १० किलो गाँजा बरामद भएको छ । उनीहरुले स्याउको खालीकार्टुनभित्र गाँजा राखेका थिए ।


क्याटेगोरी : अपराध/सुरक्षा, समाचार
ट्याग : #लागूऔषध


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
30°
Fair
5:30 am6:33 pm +0545