Techie IT
शनिबार, वैशाख ६,२०८२

उम्मेदवारले बुझाएनन् चुनावी खर्च विवरण


लमजुङ । यहाँ गत स्थानीय तह निर्वाचनमा उम्मेदवार बनेका अधिकांश उम्मेदावरले चुनावी खर्च विवरण बुझाएका छैनन् । लमजुङमा रहेका आठ स्थानीयतहको विभिन्न पदमा उम्मेदवार बनेका एक हजार ४१ मध्ये ५८ जनाले मात्र चुनावी खर्च विवरण बुझाएको जिल्ला निर्वाचन कार्यालय लमजुङका प्रमुख सिर्जना मिश्रले बताउनुभयो ।

उहाँले भन्नुभयो, “निर्वाचन भएको ३० दिनभित्र सबै उम्मेदावरले चुनावी खर्च विवरण बुझाइसक्नुपर्ने हुन्छ । ” जिल्ला निर्वाचन कार्यालयले निर्वाचन सकिएको एक महिनाभित्र चुनावी खर्च विवरण बुझाउन सार्वजनिक सूचना जारी गरेको थियो ।

जिल्लामा विभिन्न तहका ३९१ पदका लागि उक्त सङ्ख्यामा उम्मेदवार बनेका थिए । हालसम्म स्थानीय तहमा प्रमुख र उपप्रमुख वा उपाध्यक्षमा उमेदवार बनेका तीन–तीन गरी ६, वडाध्यक्षका उमेदवार १४ र ३८ जना सदस्य पदका उमेदवारले निर्वाचन खर्च विवरण बुझाएका छन् ।

निर्वाचन कार्यालयका अनुसार जिल्लाका आठ स्थानीय तहमध्ये राइनास नगरपालिका, दूधपोखरी र मस्र्याङ्दी गाउँपालिकामा उम्मेदावर बनेका कुनै पनि उमेदवारले खर्च विवरण बुझाउनुभएको छैन । रासस


क्याटेगोरी : समाचार
ट्याग : #hot, #चुनावी खर्च विवरण, #स्थानीय तह निर्वाचन


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
19°
Partly Cloudy
5:33 am6:31 pm +0545