Techie IT
सोमबार, वैशाख ८,२०८२

पत्रकारको पारिश्रमिक तत्काल दिन इमेज र जनता टेलिभिजनलाई प्रेस काउन्सिलको आग्रह


काठमाडौँ । प्रेस काउन्सिल नेपालले श्रमजीवी पत्रकारको पारिश्रमिक तत्काल दिन सञ्चार गृहसँग आग्रह गरेको छ । इमेज च्यानल टेलिभिजन र जनता टेलिभिजनमा कार्यरत श्रमजीवी पत्रकारलाई तत्काल पारिश्रमिक उपलब्ध गराउन काउन्सिलले एक विज्ञप्तिमार्फत जोड दिएको हो ।

काउन्सिलअन्तर्गतको श्रमजीवी हित तथा कानुन उपसमितिको मङ्गलबार बसेको बैठकले पारिश्रमिक नदिइएकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै यस्तो निर्णय गरेको हो ।

यस विषयमा काउन्सिलमा उजुरीसमेत परेकोले अध्ययन भइरहेको र थप यथार्थ बुझ्न स्थलगत निरीक्षण पनि गरिने वरिष्ठ प्रशासकीय अधिकृत एवं प्रवक्ता दीपक खनालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

कुनै पनि सञ्चार गृहबाट श्रमजीवी पत्रकारको सेवा सुविधा रोक्ने, सेवाबाट निष्काशन गर्ने कार्य नगर्न÷नगराउन पनि काउन्सिलले सम्बद्ध सबै पक्षसँग आग्रह गरेको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #hot, #इमेज च्यानल टेलिभिजन, #जनता टेलिभिजन, #प्रेस काउन्सिल नेपाल


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
28°
Partly Cloudy
5:31 am6:33 pm +0545