Techie IT
शनिबार, वैशाख ६,२०८२

कैदीबन्दीले भोट हाल्न पाउने व्यवस्था गर्न सर्वोच्चको आदेश


काठमाडौँ। सर्वोच्च अदालतले कैदीबन्दीले पनि भोट हाल्न पाउने व्यवस्था गर्न आदेश जारी गरेको छ ।

सर्वोच्चले आगामी संसदीय निर्वाचनमा समानुपातिक तर्फ कैदीबन्दीलाई पनि भोट हाल्न पाउने व्यवस्था गर्न अन्तरिम आदेश दिएको हो ।

काठमाडौँ स्कुल अफ लका विद्यार्थीद्वय प्रदिक्षा केसी र निशान्त पोखरेलले दायर गरेको रिटमा यस्तो आदेश जारी भएको हो ।

न्यायाधीश सपना प्रधान मल्लको एकल इजलासले आदेश दिएको हो ।


क्याटेगोरी : समाचार
ट्याग : #सर्वोच्च अदालत


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
17°
Fair
5:32 am6:32 pm +0545