Techie IT
बिहीबार, माघ ३,२०८१

भीमसेनथापा गाउँपालिकामा प्रविधिमैत्री विद्यालय कार्यक्रम संचालन गरिने


भीमसेन थापा गाउँपालिकाको दशौँ गाउँसभा सम्पन्न भएको छ । शुक्रबार भीमसेन थापा गाउँपालिकाका अध्यक्ष लोकप्रसाद बन्जराले ‘ग्रेट स्मार्ट, हरियाली, स्वच्छ, समृद्ध समाजवाद उन्मुख नमूना गाउँपालिका’, गाउँ टोल र घरघरमा स्थानीय सरकार भन्ने नाराका साथ आगामि वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन् ।

विद्यालय शिक्षालाई प्रविधिमैत्री बनाउन अध्यक्ष प्रविधिमैत्री विद्यालय कार्यक्रम संचालन गरिने, अध्यक्षसँग प्रत्यक्षविद्यार्थी संवाद कार्यक्रम संचालन गरिने, एक विद्यालय एक बगैँचा कार्यक्रमलाई कार्यान्वयन गर्ने र विज्ञान संकाय तथा प्राविधिक धारमा अध्ययन गर्न चाहने विपन्न वर्गका विद्यार्थीहरुलाई गाउँपालिका अध्यक्ष विशेष छात्रवृत्ति कार्यक्रम संचालन गरिने प्रस्तुत नीति तथा कार्यक्रममा उल्लेख छ ।

स्वास्थ्यतर्फ महिला स्वास्थ्य स्वयं सेविकाहरुका लागि निशुल्क विमा कार्यक्रम लागु गरिने, स्वास्थ्य सम्बन्धी चेकजाँचका लागि समुदायस्तरमै पुगेर शिविर संचालन गरिने, अश्राङ स्वास्थ्य चौकीको स्तरोन्नती गरी आधारभूत अस्पताल सञ्चालका लागि १० शैयाको अस्पताल भवन निर्माण कार्य प्रारम्भ गरिने र सहिद बेपत्ता परिवार अपाङ्ग घाइते तथा निम्न आय भएका परिवारको स्वास्थ्य बिमा गराउन विशेष कार्यक्रम संचालन गरिने गाउँपालिका अध्यक्ष बन्जाराले बताए ।

कृषि तर्फ गुणस्तरीय विउविजन वितरण गर्ने, बाली विमा कार्यक्रमलाई प्राथमिकता दिइने, कृषि तथ्याङ्क संकलन गरी किसान सूचिकरण कार्यलाई प्राथमिकता दिइने, किसानहरुलाई तत्कालको लागि मात्र नभएर आफ्नै उत्पादन मार्पmत संस्थागत गर्दै पेन्सनको रुपमा उपयोग गर्ने गरी बचत योजना सञ्चालन गर्ने गाउँपालिकाले नीति लिएको छ ।

उद्योगतर्फ औद्योगिक ग्राम निर्माणको कार्यलाई अगाडि बढाइने, कृषिजन्य बस्तुको प्रशोधन उद्योग स्थापना गरिने, जनताको समृद्धि सहित आत्मनिर्भर गाउँ बनाउने अध्यक्ष बन्जाराले बताए ।

दुल्लभपार्क, भीमसेन थापा स्मारक, अश्राङकोट, सिद्धकाली मन्दिर, ठुलोपोखरी, काशीघाट, कोटकाली मन्दिर, इत्ला पोखरी लगायका पर्यटकीय क्षेत्रहरुकोविकास गरी उक्र स्थानमा आन्तयिरक पर्यटनको लागि उपयुक्त वातावरणको निर्माण गर्न आवश्यक पूर्वाधार निर्माण तथा प्रचार प्रसार गरिने भएको छ ।

त्यस्तै, खेलकुदतर्फ एकवडा एक व्यवस्थित खेलमैदान स्थापना गर्ने, युवाहरुमा सीप विकास गरी स्वरोजगार बनाउन विभिन्न सिपमुलक तालिम संचालन गर्ने नीति तथा कार्यक्रममा जोड दिइएको छ ।

एकव्यक्ति एकमात्र सहकारी सदस्य, एक सहकारी एक उत्पादन नीति अवलम्बन गर्ने, जनयुद्ध जनआन्दोलन क्रममा सहादत प्राप्त गर्ने शहीद तथा बेपत्ताहरुको सम्मानमा कम्तिमा एकवडा एक योजना तथा परियोजनाहरु संचालन गर्ने उनले जानकारी दिए ।


क्याटेगोरी : समाचार, स्थानीय
ट्याग : #भीमसेनथापा गाउँपालिका, #लोकप्रसाद बन्जरा


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu
13°
Mostly Cloudy
6:54 am5:32 pm +0545