एकीकृत समाजवादी पार्टीको पहिलो केन्द्रिय परिषद् बैठक सुरु

काठमाडौँ । नेकपा एकीकृत समाजवादी पार्टीको पहिलो केन्द्रिय परिषद् बैठक सुरु भएको छ ।
बैठकको काठमाडौँमा शुभारम्भ गर्दै पार्टीका अध्यक्ष माधव कुमार नेपालले पार्टी निर्माण भएको १० महिनाको अवधिमा विभिन्न अवरोधकाबीच पनि देशका सबै प्रदेश र जिल्लाहरूमा पार्टीको कमिटी गठन गरेको जानकारी दिनुभयो ।
सबै स्थानीय तह र वडाहरूमा पार्टी कमिटी गठन गर्दै अगाडी बढ्ने योजना रहेको भन्दै त्यसै अनुसार पार्टी परिचालन गरिने पनि अध्यक्ष नेपालले बताउनुभयो ।
उहाँले गठबन्धन सरकारले मुलुकको हितमा एमसीसी पारित गर्ने तथा एसपीपीमा नजाने लगायतका महत्त्वपूर्ण निर्णय लिएको पनि बताउनुभयो ।
बैठकमा पार्टीको साङ्गठनिक गतिविधि, स्थानीय तह निर्वाचनको समीक्षा, आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन लक्षित कार्यक्रम लगायत एजेण्डामा छलफल हुने बताइएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #नेकपा एकीकृत समाजवादी पार्टी
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्