Techie IT
आईतबार, वैशाख ७,२०८२

माधवकुमार नेपाललाई सन्यास लिएर बस्न योगेश भट्टराईको सुझाव


काठमाडौँ, १२ असार । नेकपा (एमाले)का सचिव एवं सांसद योगेश भट्टराईले नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाललाई सन्यास लिएर बस्न सुझाव दिएका छन् ।

आइतबार प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै सांसद भट्टराईले नेपाललाई यस्तो सुझाव दिएका हुन् ।

उनले अध्यक्ष नेपाल राजनीति र जीवन दुवैको उत्तरार्द्धमा रहेको भन्दै सन्यास लिएर बस्न सुझाव दिएका हुन् ।

नेपालले केही दिन अघि आफूहरूलाई ‘१० भाइ एमालेका दास हौ; तिमीहरूले हाम्रो खैरो खन्छौ’ भनेको प्रति भट्टराईले नेपाल जत्तिको नेताले सम्हालिएर बोल्नुपर्ने पनि टिप्पणी गरेका छन् ।

त्यस्तै, नेपालले सन्यास लिने बेलामा पार्टी बनाउँछु भन्नु कुनै तुक नरहेको भट्टराईको भनाइ छ ।

आफ्ना गल्तीहरुलाई स्वीकार्दै नयाँ पुस्तालाई राजनीति हस्तान्तरण गरेर आनन्दले बस्न नेपाललाई भट्टराईको राय छ ।

नेता भट्टराईले मुख छाड्न सबैलाई आउने भन्दै नेपाललाई सम्हालिन आग्रह गरेका हुन् ।

उनले भने, ‘माधव नेपालजस्तो शीर्ष नेता‚ त्यो ढंगले बोल्ने कुरा मलाई त्यति ठिक लाग्दैन । उहाँ सम्हालिनु पर्छ । अर्को कुरा उहाँ जीवनको उत्तरार्द्धमा हुनुहुन्छ; राजनीतिको पनि उत्तरार्द्धमा हुनुहुन्छ । उहाँका बारेमा धेरै टिप्पणी किन गर्नु ? उहाँको आगामी अवकाशको जीवन राम्रो बितोस् ।’


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #योगेश भट्टराई


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
24°
Partly Cloudy
5:32 am6:32 pm +0545