नेविसंघ काठमाण्डौं ईन्जिनियरिङ् कलेज कालिमाटीको “NSU-Cricsal Cup-2.0” भव्यताका साथ सम्पन्न

नेपाल विधार्थी संघ, काठमाण्डौं ईन्जिनियरिङ् कलेज, कालिमाटीले “NSU-Cricsal Cup-2.0” भव्यताका साथ सम्पन्न गरेको छ।
फाईनल तथा पुरस्कार वितरण कार्यक्रममा प्रमुख अतिथी नेपाली कांग्रेसका प्रभावशाली नेता, पार्टी का केन्द्रीय सदस्य, ने.वि.संघ का पुर्व केन्द्रीय अध्यक्ष प्रदिप पौडेल ले विजयी खेलाडीहरू लाई मेडल,सिल्ड र प्रमाणपत्र बितरण गर्दै खेलकुदको नियम, मापदण्ड राजनीतिमा पनि लागु गर्नुपर्ने बताउनुभयो। कार्यक्रममा विशिष्ट अतिथि ने.वि.संघ निवर्तमान महामन्त्री, पार्टी का महासमिति सदस्य बलदेव तिमल्सिनाले ईन्जिनियरहरू देशको मेरुदण्ड भएकाले राजनीतिको अग्रभागमा आएर देशको समृद्धि, उन्नति र पुर्बाधार निर्माणमा महत्त्वपूर्ण भुमिका खेल्न आग्रह गर्नुभयो।
कार्यक्रममा महासमिति सदस्य धादिङ्का नेता मधु श्रेष्ठ, सोही कलेका पुर्व स्व.वि.यु उप-सभापति ई. दिपेन्द्र क्षेत्री, नेता प्रकाश के.सी(PR), NEA केन्द्रीय सदस्य सुरज चापागाँई, कलेज पुर्व अध्यक्ष अभिषेक के.सी, विपिन भुषाल लगायतको उपस्थिति रहेको थियो।
२०६४ सालमा कलेज प्रवेश गरे देखिनै खेलकुद विकास र कार्यक्रममा आफु सधैं लागी परेको हुदाँ खेलको माध्यम बाट विद्यार्थी बिच अझ नजिक हुने अवसरले हर्षित भएको संघका केन्द्रीय नेता ई.दिपेन्द्र क्षेत्रीले बताए। ने.वि.संघ अध्यक्ष रविन राज गौतम र उपाध्यक्ष रिवाज अधिकारी(अग्रीम)ले सहभागी सम्पुर्ण लाई धन्यवाद ज्ञापन गर्नु भएको थियो। कार्यक्रम हेमन्त राज पौडेल को संयोजकत्वमा भएको थियो भने संचालन सचिव विपिन कार्की द्दारा भएको थियो। पुरुष तर्फ Computer 4th Year र महिला तर्फ Civil 4th year विजयी हुनुभएको थियो।
क्याटेगोरी : समाचार
ट्याग : #नेपाल विधार्थी संघ, #प्रदिप पौडेल, #बलदेव तिमल्सिना
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्