लागुपदार्थको दुर्व्यसनबाट युवालाई बचाउनु सबैको दायित्व हो: गृहमन्त्री

काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाणले लागुपदार्थको दुर्व्यसनबाट युवालाई बचाउनु सबैको दायित्व भएको बताउनुभएको छ ।
लागुऔषध दुरुपयोग तथा ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा आज आयोजित एक समारोहमा उहाँले उनीहरूलाई दुर्व्यसनबाट बचाउनु सरकारसँगै समाजको पनि उत्तिकै दायित्व भएको धारणा राख्नुभयो ।
गृहमन्त्री खाणले युवाको सुरक्षित भविष्य र आम नागरिकको जीवन रक्षा गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो । लागूपदार्थको दुर्व्यसनका कारणले समाजलाई गम्भीर असर पारेको र त्यो असर सबैभन्दा बढी युवा पुस्तामा परिरहेकातर्फ सचेत हुन उहाँले सबैमा अनुरोध गर्नुभयो ।
उहाँले युवा पुस्ताको भविष्य सुन्दर बनाउन सरकारले आगामी दिनमा चेतनामूलक कार्यक्रमका साथै पाठ्यपुस्तकमा लागुऔषध दुर्व्यसनका असरबारेका विषयवस्तु समावेश गरेर विद्यार्थीलाई बेलैमा जानकारी गराउनुपर्ने आवश्यकता औँल्याउनुभयो । उहाँले दुर्व्यसनमा फसेका युवालाई सुधार्न विशेष अभियान थाल्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले लागुऔषध दुर्व्यसन र त्यसको अवैध ओसारपसार रोक्न सरकारले संवेदनशील भएर काम गरिरहेको जानकारी दिनुभयो । “नेपालमा लागूपदार्थको दुरुपयोग र अवैध ओसारपसार चुनौतीको रुपमा आइरहेको छ, यसले समाजलाई गम्भीर असर पारेको छ, बढी युवा पुस्तामा असर गरेको छ”, गृहमन्त्री खाणले भन्नुभयो, “सरकार यो संवेदनशील विषयमा आफ्ना नागरिकको रक्षा र युवा पुस्ताको सुन्दर भविष्य बचाउन प्रतिबद्ध छ ।”
उहाँले आउने दिनमा सरकारले अझै बढी ध्यान दिने, जनजागरूकताका कार्यक्रम ल्याउने, पाठ्यपुस्तकमा पनि विषय समावेश गरी विद्यार्थीलाई बेलैमा जानकारी दिने, दुर्व्यसनमा फसेका युवाहरूलाई सुधार्ने अभियान थाल्नुपर्नेमा जोड दिनुभयो । मुलुकमा लागुऔषधसम्बन्धिको अपराधमा दोषी देखिएका छ हजार बढी मानिस कारागारमा रहेको र मुलुकभर हुने आपराधिक गतिविधिमध्ये आठ प्रतिशतभन्दा बढी लागूपदार्थसँग सम्बन्धित रहेको गृहमन्त्री खाणले जानकारी दिनुभयो ।
कार्यक्रममा गृह सचिव टेकनारायण पाण्डे र नेपाल प्रहरीका महानिरीक्षक धीरजप्रताप सिंहले लागुऔषधमुक्त परिवार, समाज र राष्ट्र निर्माण गर्न सबै नागरिक आफ्नोतर्फबाट सचेत हुन आवश्यक रहेको बताउनुभयो ।
कार्यक्रममा लागुऔषधविरुद्ध कार्य गर्ने विभिन्न सङ्घसंस्थालाई सम्मानसमेत गरिएको थियो । ‘मानवीय स्वास्थ्य सङ्कटका बेला झन्, लागूऔषध चुनौतीको गरौँ सम्बोधन’ भन्ने मूल नाराका साथ आयोजित औपचारिक समारोह अघि सचेतनामूलक र्यालीसमेत निकालिएको थियो । रासस
क्याटेगोरी : समाचार
ट्याग : #बालकृष्ण खाँण
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्