Techie IT
आईतबार, वैशाख ७,२०८२

पोखरा महानगरपालिका वडा नं. २५ हेम्जाको सुइँखेत फाँटका घरहरू डुबानमा


पोखरा । शुक्रवार रातिदेखि परेको अविरल वर्षाका कारण पोखरा महानगरपालिका वडा नं. २५ हेम्जाको सुइँखेत फाँटका घरहरू डुबानमा परेका छन् ।

लगातारको वर्षापछि माथिबाट खसेको पहिरोले खोला थुनिएपछि यहाँका ४ सय घर डुबानमा परेका हुन् । ्

घर डुबानमा परेपछि मानिसहरूलाई अन्यत्र सुरक्षित स्थानमा सारिएको वडाध्यक्ष मोतीराज तिमिल्सिनाले जानकारी दिनुभयो ।

मानवीय क्षति नभएता पनि घरसहित गोठ र कृषि फर्महरू बाढीको डुबानमा परेका छन् । सुइँखेर खोलामा आएको ठूलो बाढीले निकास नपाउँदा यहाँका खेतीयोग्य फाँट पनि पुरिएको छ । अहिले भने बिस्तारै पानी घट्दै गइरहेको प्रहरीले जनाएको छ ।

गण्डकी प्रदेशका केही स्थानमा आज शनिबार भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जानकारी दिएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #hot, #पोखरा महानगरपालिका


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
26°
Partly Cloudy
5:32 am6:32 pm +0545