बागलुङका दसवटै स्थानीय तहले आव ०७९/०८० को बजेट तथा कार्यक्रम सार्वजनिक

बागलुङ । यहाँका दसवटै स्थानीय तहले आव ०७९/०८० को बजेट तथा कार्यक्रम सार्वजनिक गरेका छन् । बरेङ गाउँपालिकाले सोमबार, जैमिनी नगरपालिका, ताराखोला गाउँपालिका र बडिगाड गाउँपालिकाले बिहीबार र अरु पालिकाले शुक्रबार बजेट प्रस्तुत गरेका हुन् ।
स्थानीय सरकार सञ्चालन ऐनले असार १० भित्रै स्थानीय तहले नीति, कार्यक्रम र बजेट ल्याउनुपर्ने सयमसीमा तोकिदिएको छ । बजेटको प्राथमिकतामा पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, कृषि, पशुपालनलगायत छन् ।
कतिपय पालिकाले उद्यमशीलताको विकास, उत्पादन र रोजगारी सिर्जनातिर बढी जोड दिएका छन् । अधिकांशले पुरानै योजनालाई निरन्तरता दिइएपनि केही नवीन र सिर्जनात्मक कार्यक्रमलाई पनि बजेटमा समावेश गरिएको छ ।
सबैभन्दा ठूलो बजेट बागलुङ नगरपालिकाको छ । उपप्रमुख राजु खड्काले रु। एक अर्ब ३१ करोड ११ लाख ७९ हजार रुपैयाँको बजेट शुक्रबार नगरसभामा प्रस्तुत गर्नुभएको हो । बागलुङले गत आवको भन्दा २५ करोड बढीको बजेट ल्याएको छ। गत आवमा रु। एक अर्ब पाँच करोडको बजेट प्रस्तुत गरिएको थियो ।
आगामी आवमा चालुतर्फ रु ८४ करोड ५२ लाख, पूँजीगततर्फ रु४५ करोड ३७ लाख र वित्तिय व्यस्थातर्फ रु एक करोड २२ लाख विनियोजन गरिएको छ । उद्यमशीलता प्रवद्र्धन र श्रम बैंक स्थापनाका लागि रु ४१ लाख बजेट छुट्टाइएको छ ।
कृषिलाई रु ५२ लाख २५ हजार र पशुपालनमा रु २१ लाख ५० हजार विनियोजन गरिएको छ । सबैभन्दा बढी पूर्वाधारतर्फ रु १६ करोड ३८ लाख बजेट छुट्टाइएको छ । बजेटको ठूलो हिस्सा शिक्षा र स्वास्थ्य क्षेत्रले पनि ओगटेको छ । शिक्षा क्षेत्रका लागि रु दुई करोड ६७ लाख ७२ हजार र स्वास्थ्यतर्फ रु दुई करोड ११ लाख ६८ हजार बजेट छ ।
यस्तै गलकोट नगरपालिकाले रु ६८ करोड ७५ लाख ३९ हजारको बजेट सार्वजनिक गरेको छ । गलकोटले कृषि, बागबानी र पशुपंक्षी विकासलाई प्राथमिकता दिएको छ । जस्मा रु दुई करोड ३० लाख ५० बजेट विनियोजन गरिएको छ ।
पूर्वाधार विकासमा रु सात करोड ६६ लाख, आर्थिक विकासतर्फ रु दुई करोड ४९ लाख, सामाजिक विकासमा रु चार करोड ८२ लाख ३९ हजार बजेट छुट्टाइएको नगरउपप्रमुख फमलाल निउरेले जानकारी दिनुभयो । गलकोटले स्थानीय उत्पादनको बजारीकरणदेखि ज्येष्ठ नागरिकलाई चाडपर्व भत्ता दिनेसम्मका कार्यक्रम ल्याएको छ ।
काठेखोला गाउँपालिकाले रु ५४ करोड ९१ लाख २३ हजार रुपैयाँको बजेट तथा कार्यक्रम शुक्रबार गाउँसभामा प्रस्तुत गरेको छ । उक्त गाउँपालिकाले सामाजिक विकासतर्फ रु दुई करोड २६ लाख ५० हजार, आर्थिक विकासमा रु एक करोड ६८ लाख र पूर्वाधारतर्फ रु ५७ लाख बजेट विनियोजन गरेको छ ।
कृषि तथा पशुपालनका लागि रु ७२ लाख छुट्याइएको छ भने शिक्षा र स्वास्थ्यलाई पनि प्राथमिकतामा राखेर बजेट विनियोजन गरिएको गाउँपालिकाका उपाध्यक्ष तेजबहादुर थापाले उल्लेख गर्नुभयो ।
बरेङ गाउँपालिकाको बजेट रु ४० करोड ३३ लाख ५६ हजारको छ । उक्त गाउँपालिकाले पनि कृषि र पशुपालनमा बढी जोड दिएको देखिन्छ । ‘बरेङमा समृद्धि, कृषिमा लगानी’ कार्यक्रमका लागि रु ६३ लाख ५५ हजार बजेट विनियोजन गरिएको छ भने पशुपालनतर्फ रु ६९ लाख बजेट छ ।
अभिभावकविहीन बालबालिकालाई माध्यमिक तहसम्म निःशुल्क पढाउन अलग्गै कोषसमेत स्थपाना गरिएको गाउँपालिकाले जनाएको छ ।
ताराखोला गाउँपालिकाले रु ३६ करोड ६६ लाख ९२ हजारको बजेट ल्याएको छ । उक्त गाउँपालिकाले पनि कृषि र पशुपंक्षीको उत्पादनमा गाउँपालिकालाई आत्मनिर्भर बनाउने लक्ष्यसहित बजेट बजेट ल्याएको हो ।
गाउँपालिकाका उपाध्यक्ष भिमबहादुर रोकाका अनुसार कृषि विकासतर्फ रु। एक करोड ५६ लाख २५ हजार बजेट विनियोजन गरिएको छ । यस्तै पशुपंक्षीमा रु एक करोड १९ लाख ६० हजार बजेट छुट्टाइएको छ ।
दुग्ध सङ्कलन केन्द्र स्थापना, दुग्धजन्य पदार्थको उत्पादन, भण्डारण, विविधिकरण र बजारीकरणका लागि रु। ८० लाख बजेट छुट्याइएको छ । व्यावसायिक कृषितर्फ किसानलाई आकर्षण गर्न आर्थिक सहायताका साथै कृषि बीमामा अनुदान दिइने गाउँपालिकाले जनाएको छ ।
बाँझो जग्गालाई भाडामा लिई खेती गर्ने किसानलाई प्रतिरोपनी वार्षिक रु दुई हजारका दरले प्रोत्साहन रकम प्रदान गरिने भएको छ । कृषि औजार, उपकरण र प्रविधि हस्तान्तराणमा पनि ताराखोलाले जोड दिएको छ । कृषि उपजको सङ्कलन केन्द्र स्थापना र बजारीकरणका लागि रु ९० लाख बजेट विनियोजन गरिएको छ ।
ताराखोलाले सामाजिक विकासमा रु दुई करोड ३६ लाख ३२ हजार, पूर्वाधारतर्फ रु पाँच करोड १२ लाख २० हजार र आर्थिक विकासतर्फ रु तीन करोड ९२ लाख ५० हजार बजेट विनीयोजन गरेको छ ।
तमानखोला गाउँपालिकाले रु ३१ करोडको बजेट तथा कार्यक्रम सार्वजनिक गरेको छ । बजेट शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, उद्यमशीलता विकास र रोजगारी सिर्जनामा केन्द्रित छ । ढोरपाटन नगरपालिकाले रु ५१ करोड ४० लाख र जैमिनी नगरपालिकाले रु ७० करोड ७३ लाख ७३ हजारको बजेट प्रस्तुत गरेको छ ।
निसीखोला गाउँपालिकाले रु ४९ करोड ५२ को बजेट ल्याएको छ । उक्त गाउँपालिकाले निःशुल्क स्वास्थ्य बीमा, एम्बुलेन्स सेवा सञ्चालनजस्ता स्वास्थ्य सेवाको सुधारका साथै पूर्वाधार, कृषि र पर्यटनमा पनि प्राथमिकता दिइएको छ ।
बडिगाड गाउँपालिकाले रु ६७ करोड ६७ लाख ४९ हजारको बजेट सार्वजनिक गरेको छ । चालुतर्फ रु ४४ करोड ४८ लाख र पुँजीगततर्फ रु २३ करोड १९ लाख बजेट विनियोजन गरिएको हो । गाउँपालिकाले खरका छाना हटाउन रु एक करोड बजेट छुट्टाएको छ ।
खानेपानी आयोजनाका लागि रु दुई करोड ८५ लाख ५७ हजार छुट्याएको छ । सडक पूर्वाधार, शिक्षा, कृषि, पर्यटन, फोहोरमैला व्यवस्थापनलगायत क्षेत्र बजेट तथा कार्यक्रममा समेटिएका छन् ।
कानुनद्वारा तोकिएको सयमसीमाभित्र नीति, कार्यक्रम र बजेट ल्याएका स्थानीय तहले गाउँ÷नगरसभामा आवश्यक छलफलपछि असार २५ भित्र बजेट पारित गर्ने भएका छन्–रासस
क्याटेगोरी : समाचार
ट्याग : #बागलुङ
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्