सिएमसीमा नेपाल प्रहरी र परिवारका सदस्यलाई स्वास्थ्य उपचारमा २५ प्रतिशत छुट हुने

चितवन । चितवन मेडिकल कलेजमा नेपाल प्रहरीका बहालवाला प्रहरी, पुर्व प्रहरी, अमर प्रहरी तथा परिवारलाई अस्पतालमा उपलब्ध स्वास्थ्य उपचार सेवामा २५ प्रतिशत छुट हुने भएको छ ।
आज (शुक्रबार) दिउँसो नेपाल प्रहरी श्रीमती सघंका अध्यक्षको सक्रियतामा अस्पताल र नेपाल प्रहरी बीच २५ प्रतिशत तथा फार्मेसीमा ७ प्रतिशत सहुलियत दिने विषयमा सम्झौता भएको हो ।
चितवन मेडिकल कलेज प्रालिमा नेपाल प्रहरी श्रीमती सघंको तर्फबाट अध्यक्ष रहनुभएकी कुसुमलता सिंह र अस्पतालको तर्फबाट निर्देशक प्रो.डा. दयाराम लम्साल बीच उपचार सेवामा २५ प्रतिशत सहुलियत दिने गरी सम्झौता पत्रमा हस्ताक्षर गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रमुख (एसपी) नवराज अधिकारीले जानकारी दिए ।
सो अवसरमा जुनियर प्रहरी अधिकृत शिक्षालय भरतपुरका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक पोषराज पोखरेल, जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक नवराज अधिकारी र अस्पतालका प्रमुख प्रशासक प्रताप देवकोटा लगायतको सहभागिता रहेको थियो ।
सम्झौता अनुसार अब नेपाल प्रहरी, पूर्व प्रहरी सहित अमर प्रहरीका परिवारले चितवन मेडिकल कलेजमा उपचार गराउँदा उपचार सेवाहरुमा २५ प्रतिशत छुट सुविधा पाउने छन् । यस्तै, फार्मेसीले ७ प्रतिशत छुट दिने गरी सम्झौतामा उल्लेख छ ।
सम्झौता अनुसार ओपिडी र इमरेर्जेन्सी टिकट, सडक दुर्घटना, कस्मेटिक सर्जरी, दाँतको उपचार लगायत प्रहरी कार्यालयमा मुद्दा दर्ता, नेपाल सरकारको स्वास्थ्य बीमा उपयोग गर्नेहरुलाई यो सम्झौता लागू हुँदैन । उक्त सेवा लिन संघले उपलब्ध गराएको परिचयपत्र भने अनिवार्य छ ।
आगामी साउन १ गतेदेखि लागू हुने यो सम्झौता २०८१ असार ३० गतेसम्म रहने छन् । त्यसपछि त्यसलाई पुनः नविकरण गर्न सकिने जनाईएको छ ।
क्याटेगोरी : अपराध/सुरक्षा, ब्रेकिंग न्युज, विशेष, देश परदेश, समाचार, स्थानीय
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्