चितवनमा मतदाता नामावली सङ्कलनमा उत्साहजनक सहभागिता

चितवन । स्थानीय तहको निर्वाचन सम्पन्न भएसँगै निर्वाचन आयोगले सञ्चालन गरेको मतदाता नामावली सङ्कलन कार्यमा उत्साहजनक सहभागिता देखिएको छ ।
जिल्ला निर्वाचन कार्यालय चितवनले असार १ गतेदेखि सुरु गरेको नामावली सङ्कलन कार्यमा नयाँ नाम दर्ता गर्न आउनेको सङ्ख्या उल्लेख्य रहेको पाइएको छ । एक सातामा जिल्लाका एक हजार ८०५ ले मतदाता नामावलीमा नाम दर्ता गराएको कार्यालयका प्रमुख भीमसेन कार्कीले जानकारी दिनुभयो ।
यो सङ्ख्या स्थानीय तहको निर्वाचनअघि २०० हाराहारी रहेको थियो । उहाँले भन्नुभयो, “अहिले ३०० देखि ४०० को दैनिक नाम दर्ता भइरहेका छन् ।” उहाँका अनुसार जिल्लामा अहिले तीन स्थानका पाँच केन्द्रबाट नामावली सङ्कलन भइरहेको छ ।
जिल्ला निर्वाचन कार्यालय चितवनमा तीन वटा केन्द्र, जिल्ला प्रशासन कार्यालय र इलाका प्रशासन कार्यालय माडीमा नामावली दर्ता भइरहेको छ । निर्वाचन कार्यालयमा एउटा बाहिरी जिल्लाको नाम दर्ता गरिएको छ भने अन्य केन्द्रबाट जिल्लाको नामावली दर्ता भएको उहाँले जानकारी दिनुभयो ।
जिल्ला निर्वाचन कार्यालयबाट बाह्य जिल्लाका २०८ को नाम दर्ता गरिएको उहाँले बताउनुभयो । यस्तै सोही कार्यालयका दुई केन्द्रबाट एक हजार १६०, जिल्ला प्रशासन कार्यालयबाट ४७२ र इलाका प्रशासन कार्यालय माडीबाट १७३ ले नामावली दर्ता गराएका छन् ।
स्थानीय निकायको निर्वाचनका क्रममा उमेर पुगेर समेत मतदान गर्न नपाएका बढी सङ्ख्यामा नामावली दर्ता गर्न आएको उहाँले बताउनुभयो ।
नामावली दर्ताका लागि नागरिकताको सक्कल प्रमाणपत्र, बसाइसराइ भए बसाइसराइको कागजपत्र र विवाह भएर आएको भए विवाह दर्ता आवश्यक पर्ने उहाँले जानकारी दिनुभयो । स्थानीय तहको निर्वाचन २०७९ मा जिल्लामा तीन लाख ९७ हजार ६८५ मतदाता रहेका थिए । रासस
क्याटेगोरी : समाचार
ट्याग : #निर्वाचन आयोग, #मतदाता नामावली
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्