बालेन शाहद्धारा स्थानीय तह निर्वाचनमा भएको खर्च सार्वजनिक

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले स्थानीय तह निर्वाचनमा भएको खर्च सार्वजनिक गरेका छन् ।
उनले सामाजिक सञ्जालमार्फत आफूले निर्वाचनमा गरेको खर्च सार्वजनिक गरेका हुन् ।
ढिला गरी खर्च सार्वजनिक गरेकोमा माफी माग्दै शाहले आफूले चुनावमा ३ लाख ९४ हजार ४८९ रुपैयाँ खर्च गरेको जनाएका छन् ।
जसमध्ये एक लाख मतगणनाको समयमा मात्रै खर्च भएको साहको भनाइ छ ।
खर्च सार्वजनिक गर्दै मेयर साह लेख्छन्, ’खर्चको विवरण केहि समय अगाडि नै सार्वजनिक भइसक्नु पर्ने थियो तर विभिन्न कारणहरूले सो ढिलो भएकोमा माफी चाहन्छौँ । हाम्रो चुनावी अभियानमा जम्मा खर्च तीन लाख चौरानब्बे हजार चार सय उनान्नब्बे रुपैयाँ (रु. ३,९४,४८९) भएको छ । जसमा मतगणनाको समयमा मात्रै १ लाख भन्दा बढी भएको थियो । मतगणना ढिलो भएर निर्वाचन प्रक्रियालाई लामो र बोझिलो मात्रै बनाएको छैन, उम्मेदवारका लागि महँगो बनाइरहेको छ ।
यसमा सबैको ध्यान जान जरुरी छ । र, भन्नै पर्ने कुरा छ ( एउटा उम्मेदवारका रूपमा हामीले जुन साथ र विश्वास पायौँ, त्यसलाई संसारको सबै भन्दा शक्तिशाली कम्प्युटरले जस्तो सुकै तालिकामा कुनै पनि सङ्ख्या राखेर देखाउन सक्दैन । त्यो अमूल्य साथ र विश्वासले दिएको जिम्मेवारी पुरा गराउन हामी हरसमय खटिरहनेछौँ ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #बालेन शाह
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्