कार्यक्षेत्रमा हुने हिंसा तथा असुरक्षाको दायित्व सम्पादकले लिनुपर्छ : बालकृष्ण बस्नेत
काठमाडौं। सरोकारवालाहरुले कार्यस्थलमा हुने हिंसा न्यूनीकरणका लागि पत्रकार महिलाको शसक्तीकरणमा जोड दिनुपर्ने बताएका छन् ।
नेपाल पत्रकार महासंघको महिला विभागले हिजो सोमबार गरेको अन्तरक्रिया कार्यक्रममा सहभागीहरुले लिङ्गका आधारमा हुने विभेद अन्त्यका लागि पेशागत, आर्थिक, सामाजिक रुपमा समेत महिलाहरु आत्मनिर्भर हुनुपर्ने बताएका हुन् ।
कार्यक्रमका प्रमुख अतिथि तथा प्रेस काउन्सिल नेपालका पूर्वध्यक्ष राजेन्द्र दाहालले पत्रकारिता क्षेत्रमा हुने लैङ्गिक हिंसाको एकिन तथ्य र तथ्याङ्क आउनेगरी अध्ययन अनुसन्धानको खाँचो औंल्याए । उनले कार्यक्षेत्रमा हुने पत्रकार महिलामाथि हुने हिंसाका विषयमा बहस शुरू हुनु सकारात्मक भएको बताउँदै समस्या समाधानका लागि सबै पक्ष सचेतनापूर्वक लाग्नुपर्ने बताएका छन् ।
नेपाल पत्रकार महासंघकी पूर्व उपाध्यक्ष यशोदा तिम्सिनाले कार्यस्थलमा पत्रकार महिलाको सुरक्षा विषयमा कार्यकपत्र प्रस्तुत गर्दै पछिल्लो समयमा डिजिटल हिंसाका घटना बढेको बताइन् । उनले समय अनुसार हिंसाका प्रकृतिहरु फरक परेको उल्लेख गर्दै सामाजिक सचेतना जगाउनुपर्ने खाँचो औंल्याइन् ।
कार्यक्रममा प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले नेपाल पत्रकार महासंघ र प्रेस काउन्सिल नेपालले जारी गरेको पत्रकार आचासंहिता पूर्णरुपमा कार्यान्वयन गरे हिंसाका घटना स्वतः कम हुने उल्लेख गरे । कार्यक्षेत्रमा हुने हिंसा तथा असुरक्षाका सवालमा सम्पादकले दायित्व लिनुपर्ने भन्दै सञ्चारगृहले कार्यक्षेत्रमा पत्रकार महिलाको सुरक्षाका लागि आन्तारिक निर्देशिका निर्माण गर्नुपर्नेमा अध्यक्ष बस्नेतले जोड दिएका छन् ।
नेपाल पत्रकार महासंघका वरिष्ठ उपाध्यक्ष रमेश विष्टले पत्रकारको सुरक्षाका लागि नेपाल पत्रकार महासंघले पत्रकार सुरक्षा निर्देशिका निर्माण गरेको बताए । उक्त निर्देशिका कार्यान्वयनमा आए कार्यस्थलमा पत्रकार महिलामाथि हुने हिंसाका घटनामा न्यूनीकरण हुने उनको भनाइ छ ।
त्यस्तै महासंघकी उपाध्यक्ष तथा महिला विभाग संयोजक बाला अधिकारीले पछिल्लो समय पत्रकार महिलामाथि कार्यक्षेत्रमा भएका हिंसाका घटनाहरू सार्वजनिक भइरहेको र मौखिक तथा लिखित उजुरी महासंघमा आउन थालेको बताइन् । पत्रकारको न्यायका लागि महासंघले निःशुल्क कानुनी सहायता दिने भन्दै कुनै पनि हिंसामा परेका पत्रकारले महासंघमा जानकारी दिन समेत उनले आग्रह गरेकी छिन् ।
कार्यक्रममा महासंघका महासचिव रोशन पुरीले कार्यक्षेत्रमा रहाँ कुनै पनि पत्रकारलाई हिंसा भएको खण्डमा महासंघमा उजुरी दिन आग्रह गरे । उनले पत्रकारमाथि हुने कुनै पनि हिंसाका घटनामा महासंघले निःशुल्क कानुनी सहायता उपलब्ध गराउने बताएका छन् ।
यसैगरी नेपाल पत्रकार महासंघकी सल्लाहकार निर्मला शर्माले पत्रकारितामा क्षेत्रमा लागेका महिलाहरु लामो समय सम्म पेशामा टिकिरहनु चुनौतीपूर्ण रहेको बताइन् । भएका ऐन नियम पूर्ण कार्यान्वयन गर्न सके हिंसाका घटनामा कमी आउने शर्माको भनाइ छ ।
कार्यपत्रमाथि टिप्पणी गर्दै पत्रकार राधा चालिसेले महिलाका मुद्दामा पत्रकारका संघ संगठनहरु एक ठाउमा उभिएर महिलाका मुद्दामा कार्यतालिका नै बनाएर नियमित छलफल गर्नुपर्ने बताइन् । पेशागत, आर्थिक तथा भौतिक विषयमा महिलाहरु आत्मनिर्भर हुन सके हिंसाका घटनाहरु कम हुन सक्ने उनको भनाइ छ ।
कार्यस्थलमा हुने हिंसा र त्यसको कानूनी उपचारबारे कार्यपत्र प्रस्तुत गर्दै अधिवक्ता विष्णुकुमार गिरीले गर्भावस्थादेखि नै महिलामाथि हिंसा शुरू भएको उल्लेख गरे । नेपालमा भएका कानुन कार्यान्वयनका लागि पिडीतहरु पनि सक्रियरुपमा अगाडि आउनुपर्नेमा उनको जोड छ ।
कार्यक्रममा सञ्चारिका समूहकी अध्यक्ष बिमला तुम्खेवा, श्रमजीवी पत्रकार संघ नेपालका अध्यक्ष जन्मदेव जैसी, पत्रकार दीपा दाहाल, विष्णुमाया पौडेललगायतले आ–आफ्नो धारणा व्यक्त गरेका थिए ।
क्याटेगोरी : समाचार
ट्याग : #नेपाल पत्रकार महासंघ, #बालकृष्ण बस्नेत
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ४तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ५काभ्रे कबड्डी लिग हुने, बिजेतालाई ३० हजार
- ६पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
- ७तारकेश्वरमा एक महिनादेखि प्रमुख प्रशासकिय अधिकृत नहुँदा जनताका आधारभूत काम ठप्प , भुक्तानी, ठेक्का सम्झौतादेखि बिषयगत शाखाका कर्मचारी टिक्नैसकेनन
- ८यात्रुवाहक बसमाथि फपिङ प्रहरीको निगरानी : रौतहटका युवा लागुऔषध सहित पक्राउ
तपाईको कमेन्ट लेख्नुहोस्