Techie IT
आईतबार, वैशाख ७,२०८२

राष्ट्रिय समाचार समितिको अध्यक्षमा धर्मेन्द्र झा नियुक्त


काठमाडौं । नेपाल सरकारले राष्ट्रिय समाचार समिति (रासस) को रिक्त कार्यकारी अध्यक्ष पदमा वरिष्ठ पत्रकार धर्मेन्द्र झालाई नियुक्त गरेको छ ।

नेपाल सरकार, मन्त्रिपरिषद्को सोमबार साँझ बसेको बैठकले उहाँलाई चारवर्षे कार्यकालका लागि राससको कार्यकारी अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको जनाइएको छ । नेपाल पत्रकार महासङ्घका पूर्वकेन्द्रीय अध्यक्षसमेत रहनुभएका झाले २०४३ सालदेखि पत्रकारिता सुरु गर्नुभएको हो ।

पत्रकार झाले नेपाली मूलधारको पत्रकारितामा लामो अनुभव सँगाल्नुका साथै उहाँ नेपाली पत्रकारितामा अनुभवी प्रशिक्षक र सूचनाको हकको राष्ट्रिय अभियन्तासमेत हुनुहुन्छ ।


क्याटेगोरी : समाचार
ट्याग : #hot, #धर्मेन्द्र झा


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
16°
Mist
5:32 am6:32 pm +0545