Techie IT
आईतबार, वैशाख ७,२०८२

बिर्तामोडकी मेयर पवित्रा महतारामाथि वाणिज्य संघका नेताले गरे दुर्व्यवहार


काठमाडौँ । बिर्तामोडकी मेयर पवित्र महातार प्रसाईँमाथि दुर्व्यवहार भएको छ ।

सोमबार बुधबारे हटियाको सन्दर्भमा छलफल गर्न बसेको सर्वपक्षीय बैठकमा मेयर प्रसाईँमाथि दुर्व्यवहार भएपछि नगर तनावग्रस्त बनेको छ ।

मेयर पवित्रामाथि विर्तामोड उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष राजु न्यौपानेले दुर्व्यवहार गरेको बताइएको छ ।

उनले एमालेका नगर अध्यक्ष सुवास भट्टराईमाथि हातपात गरेको आरोप एमालेले लगाएको छ ।

बुधवार हटियाका व्यापारीलाई विद्युत महसुलको मिटर दिनुपर्ने मागका विषयमा सम्बोधन गर्न नगरपालिकाले सर्वदलीय बैठक बोलाएको थियो ।

बैठकमा मेयर महतरा बोल्न थालेपछि न्यौपाने आफ्नो ठाउँमा उठेर अवरोध गर्न थाले । बैठकमा सहभागी एमाले अध्यक्ष भट्टराईले मेयरका कुरा सुन्न आग्रह गर्दा उनी भट्टराईमाथि हातपातमा उत्रिए स्थिति झनै बिग्रिएको थियो ।


क्याटेगोरी : अपराध/सुरक्षा, समाचार
ट्याग : #दुर्व्यवहार


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
24°
Partly Cloudy
5:32 am6:32 pm +0545