Techie IT
शनिबार, वैशाख ६,२०८२

एसिसी महिला टि २० च्याम्पियनसिपकाे सेमिफाइनलमा नेपाल प्रवेश


काठमाडौँ । एसिसी महिला टि२० च्याम्पियनसिपकाे सेमिफाइनलमा प्रवेश गरेकाे छ । बहराइनलाई ८ विकेटले हराउँदै एक खेल अगावै नेपालले सेमिफाइनलमा स्थान पक्का गरेको हो ।

किनरारा एकेडेमी ओभलमा १५ रनको सामान्य विजयी लक्ष्य पछ्याएको नेपालले ३.४ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्न सफल भयो । नेपालकी सीता रानामगरले ४ रन बनाइन् भने ८ रन नेपालले अतिरिक्त पाएको थियो ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको बहराइनले निर्धारित ७ ओभरमा ६ विकेट गुमाउँदै १४ रन बनाएको थियो । बहराइनको ईशारा सुहुनले सर्वाधिक ६ रन बनाइन् । नेपालकी कविता कुँवर र सबनम राईले समान २२ विकेट लिए ।

खेल निर्धारित समय अनुसार बिहान ८ : १५ मा सुरु हुनुपर्ने थियो । तर, वर्षाको कारण समयमै सुरु हुन नसक्दा खेल ७/७ ओभरको मात्र भएको हो ।

नेपालले पहिलो खेलमा भुटानलाई ५० रन र दोस्रो खेलमा कुवेतलाई २५ रनले हराएको थियो । नेपाल समूह बी मा ३ खेलमा ६ अंकका साथ शीर्षस्थानमा छ ।


क्याटेगोरी : खेलकुद, समाचार
ट्याग : #एसिसी महिला टि२० च्याम्पियनसिप


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
17°
Fair
5:32 am6:32 pm +0545