Techie IT
सोमबार, वैशाख ८,२०८२

उपहारमा दिएको सुनको लौरो राज्यलाई दिने प्रसाईंको घोषणा


काठमाडौँ । नेकपा (एमाले)का केन्द्रीय सदस्य दुर्गा प्रसाईंले यूएईका राजकुमारले उपहारमा दिएको सुनको लौरो राज्यलाई दिने घोषणा गरेका छन् ।

झापाको पूर्वाञ्चल क्यान्सर अस्पताल तथा बीएन्डसी मेडिकल कलेजका सञ्चालकसमेत रहेका प्रसाईंलाई शनिबार दुबईका राजकुमार शेख मोहम्मद माक्तुम जुमा ला माक्तुमले सुनको लौरो उपहार दिएका थिए ।

प्रसाईले आफूलाई उपहार दिएको सुनको लौरो राज्यलाई उपहार दिने बताए । उनले भने, ‘मलाई दिएको उपहार हो त्यो, सुनको हो कि, के को हो, के को हो भन्ने सोध्ने कुरो पनि भएन । तर पूरै पहेँलो रंगको छ, त्यसलाई मैले राखेको छु, हेरेको छैन ।’ उनले यसबारे आफूले गृहमन्त्री बालकृष्ण खाँणसँग पनि कुरा गरेको बताए ।

‘लौरो/लौरो भनेर धेरै कुरा आइसकेपछि मैले गृहमन्त्रीलाई राज्यलाई चाहिन्छ भने दिन्छु भनेको छु’ प्रसाईले भने, ‘गृहमन्त्रीले क्याबिनेटबाट निर्णय गरेर लिन्छु भनेका छन्, त्यसैले म दिन्छु ।’ उनले थपे, ‘मेरा बिजनेस पार्टनर (दुबईका राजकुमार) ले दिएको लौरो राज्यलाई दिन मलाई समस्या छैन ।


क्याटेगोरी : समाचार
ट्याग : #दुर्गा प्रसाईं


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
28°
Partly Cloudy
5:31 am6:33 pm +0545