Techie IT
शनिबार, वैशाख ६,२०८२

संसदीय समितिको छलफलमा उपस्थित भएनन् प्रधानमन्त्री देउवा


काठमडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकाको स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) लगायतबारे छलफल गर्न प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा अनुपस्थित भएका छन् ।

समितिको बैठकमा प्रधानमन्त्रीको निकट भविष्यमा गर्ने अमेरिकाको भ्रमण, नेपालको परराष्ट्र नीति कार्यान्वयन, एसपीपी लगायतका विषयमा छलफल गर्न रक्षामन्त्रालयको समेत जिम्मेवारी सम्हालेका प्रधानमन्त्री देउवालाई आइतबारको बैठकमा बोलाएको थियो ।

तर प्रधानमन्त्रीको सचिवालयबाट आउन नभ्याउने भनी जानकारी प्राप्त भएको समिति सभापति पबित्रा निरौला खरेलले जानकारी दिइन् । प्रधानमन्त्रीले समितिलाई अपमान गरेको महसुस आफूले गरेको पनि खरेलको भनाइ छ ।

शनिबार बेलुकासम्म प्रधानमन्त्री आउने कुरा रहेको तर तर आज बिहान प्रधानमन्त्रीको प्रमुख स्वकीय सचिव भानु देउवाले आउन नभ्याउने भनेर जानकारी गराएको खरेलको भनाइ छ ।

खरेलले आज विहानभर फोन गरेर प्रधानमन्त्रीलाई उपस्थितिका लागि प्रयास गरे पनि नसकेको जनाइन् ।


क्याटेगोरी : समाचार
ट्याग : #शेरबहादुर देउवा


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
23°
Mostly Cloudy
5:33 am6:31 pm +0545