अर्काको ट्रायल दिने पक्राउ
काठमाडौँ। सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स) का लागि अर्काको परीक्षा दिने एक जना पक्राउ परेका छन् ।
जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार अर्काको नाममा ट्रायल दिँदै गरेका सिन्धुपाल्चोक साँगाचोकगढी नगरपालिका १० का २५ वर्षीय सुजित खड्का पक्राउ परेका हुन्।
आवेदक डोलकुमार थापाको नामबाट परीक्षा दिने क्रममा उनी पक्राउ परेका हुन्। थापाको नागरिकतामा आफ्नो फोटो टाँसेर ट्रायल दिइरहेको अवस्थामा उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
यातायात व्यवस्था कार्यालय चावहिलबाट असार २ गते सञ्चालित प्रयोगात्मक परीक्षामा उनी सहभागी भएको प्रहरीले जनाएको छ ।
क्याटेगोरी : अपराध/सुरक्षा, समाचार
ट्याग : #सवारी चालक अनुमतिपत्र
धेरै पढिएका
- १टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- २तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ३तारकेश्वरमा एक महिनादेखि प्रमुख प्रशासकिय अधिकृत नहुँदा जनताका आधारभूत काम ठप्प , भुक्तानी, ठेक्का सम्झौतादेखि बिषयगत शाखाका कर्मचारी टिक्नैसकेनन
- ४काठमाडौंमा भूकम्पको धक्का, धेरैबेर हल्लायो
- ५यात्रुवाहक बसमाथि फपिङ प्रहरीको निगरानी : रौतहटका युवा लागुऔषध सहित पक्राउ
- ६काभ्रे कबड्डी लिग हुने, बिजेतालाई ३० हजार
- ७महानगरमा भाँडभैलो मच्चाएर बालेन बिदामा- प्रशासकीयलाई प्रवेश निषेध, निमित्तले जागिर नै छाडे
- ८बुढीगङ्गा पालिका अस्पतालको ओपिडी राति ८ बजेसम्म खुला
तपाईको कमेन्ट लेख्नुहोस्