Techie IT
आईतबार, वैशाख ७,२०८२

ताँदी गाउँपालिकामा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु


काठमाडौँ, ३ असार । नुवाकोटको ताँदी गाउँपालिका–४ घिरौलेभिरमा आज स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा नुवाकोटकै दुप्चेश्वर गाउँपालिका–६ समुन्द्रटार बस्ने ३५ वर्षीया राधिका आचार्य रहेकी छन् ।

समुन्द्रटारबाट खरानीटारतर्फ आउँदै गरेको बा ९७ प ६९२५ नम्बरको स्कुटर आज बिहान ११ बजे अनियन्त्रित भइ सडकबाट एक सय मिटर तल ताँदीखोलामा खसेको इलाका प्रहरी कार्यालय खरानिटारले जानकारी दिएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #ताँदी गाउँपालिका, #मृत्यु


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
16°
Mist
5:32 am6:32 pm +0545