Techie IT
आईतबार, वैशाख ७,२०८२

प्रत्येक प्रदेशमा मेडिकल कलेज सञ्चालनमा ल्याइने : मन्त्री खतिवडा


काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले स्वास्थ्य बिमा कार्यक्रम व्यापारिक प्रयोजनका लागि नभएको भन्नुहुँदै स्वास्थ्य बिमा ऐनको विपरीत नजाने बताउनुभएको छ ।

सांसदहरुले उठाउनुभएको प्रश्नको जवाफ दिने क्रममा मन्त्री खतिवडाले पालिकास्तर र वडास्तरमा नयाँ अस्पताल निर्माणसँगै पुराना र जीर्ण अवस्थामा रहेका संरचनाको काम पनि अगाडि बढाइने बताउनुभयो ।

मन्त्री खतिवडाले सरकारले मिर्गौला प्रत्यारोपण र मुटुको शल्यक्रिया लगायतका उपचार सातै प्रदेशबाट गर्ने गरी योजना बनाएको भन्नुहुँदै पोखरा र सुर्खेतका लागि सम्झौता भइसकेको र अन्य स्थानमा आवश्यकताका आधारमा सम्झौता गरी उपचार अगाडी बढाइने बताउनुभयो ।

उहाँले प्रत्येक प्रदेशमा एउटा मेडिकल कलेज र एउटा प्रतिष्ठान सञ्चालनमा ल्याउने नीति यस वर्षदेखि आएकाले त्यसलाई पनि लागु गरिने बताउनुहुँदै ४० वर्षमाथिका नागरिकलाई निःशुल्क स्वास्थ्य परिक्षण र महिलाको पाठेघरको निःशुल्क परिक्षण गरिने पनि बताउनुभयो ।


क्याटेगोरी : समाचार, स्वास्थ्य
ट्याग : #विरोध खतिवडा


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
24°
Partly Cloudy
5:32 am6:32 pm +0545