Techie IT
आईतबार, वैशाख ७,२०८२

शिक्षा तथा स्वास्थ्य समितिको वार्षिक प्रतिवेदन पेस


काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा शिक्षा तथा स्वास्थ्य समितिका सभापति जयपुरी घर्तीले समितिको आर्थिक वर्ष २०७७/७८ र आव २०७८/७९ वार्षिक प्रतिवेदन  सदनमा पेस गर्नुभयो ।

उहाँले प्रतिनिधिसभाको नियमावली २०७५ बमोजिम गठन भएको समितिको वार्षिक प्रतिवेदन पेस गर्नुभएको हो । सोही अवसरमा सभापति घर्तीले हालसम्म समितिको १२८ बैठक सम्पन्न भएको जानकारी दिनुभयो ।

समितिले कोभिडको समयमा समितिले स्थलगत अनुगमनपछि सम्बन्धित निकायलाई विभिन्न निर्देशन दिनाका साथै कार्यान्वयन भए/नभएको बारेमा समेत अनुगमन गरेको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “शिक्षा र स्वास्थ्य क्षेत्र प्रत्यक्ष रुपमा जनतासँग जोडिने भएकाले समितिले सोही मर्म र भावनाअनुरूप आफ्नो काम कारबाहीलाई अगाडि बढाइरहेको छ, कोभिडका बिरामी र अन्य बिरामीको उपचारमा यो समितिले विशेष भूमिका खेलेको छ ।”

सदनको बैठकमा विनियोजन विधेयक, २०७९ अन्तर्गत कानुन, न्याय तथा सङ्घीय मामिला, सहरी विकास, उद्योग, वाणिज्य तथा आपूर्ति लगायत ११  मन्त्रालयहरूको विभिन्न शीर्षकहरूमाथिको छलफलमा उठेका प्रश्नहरूको जवाफ क्रम जारी  छ । रासस


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #प्रतिनिधिसभा


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
16°
Mist
5:32 am6:32 pm +0545